जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एभरेष्ट बैंक लिमिटेड र दराज बीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र दराज बीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र Daraz Kaymu Pvt. Ltd. (दराज) ले दराजद्वारा आयोजित Daraz 11.11 अभियानमा छुट साझेदारीको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौता पत्रमा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर गरेका थिए ।

एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर Daraz 11.11 अभियानमा दराज प्लेटफर्मबाट खरिद गर्दा एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट प्रदान गर्नेछ ।

कार्यक्रम ११ नोवेम्बेर, २०२१ मा लाइभ हुनेछ, जहाँ बैंकले दराज एप र वेब साइटहरुमा एभरेष्ट डेबिट÷क्रेडिट कार्डहरु प्रयोग गरि सामान खरिद गर्नेहरुलाई १५% सम्म छुट प्रदान गर्नेछन् । ग्राहकहरुले क्रेडिट कार्डमा अधिकतम रु।३,५०० र डेबिट कार्डमा रु।३,००० सम्म छुट पाउन सक्नेछ ।

ई–कमर्समा Activate भएको छ कि छैन भनेर कार्ड होल्डरहरुले सुनिश्चित गर्न आवश्यक छ, जुन एभरेष्ट बैंक लिमिटेडको नजिकको कुनै पनि शाखाहरूमा वा बैंकको मोबाइल बैकिङ्ग मार्फत आवेदन गर्न सकिन्छ ।

2525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका