जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सनराइज बैंकका ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सनराइज बैंकका ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सनराइज बैंक लिमिटेडले सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको बयलकाँडा, कैलालीको जानकी गाउँपालिका खैरीफाँटा र कैलालीकै टिकापुर नगरपालिका धनसिंहपुरमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ ।

 

शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८२ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागि बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

5965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका