जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • कृषि बहुउद्देश्यीय सहकारी २५ औं वर्षमा, नाफा ८ करोड ८४ लाख

कृषि बहुउद्देश्यीय सहकारी २५ औं वर्षमा, नाफा ८ करोड ८४ लाख

कृषि बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं बार्षिकोत्सव एवं रजतजयन्ती एक औपचारिक समारोहबीच मंगलबार केन्द्रिय कार्यालय लम्की कैलालीमा सम्पन्न गरेको छ ।

सस्थाले गत आ.व.मा संस्थाले ८ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ  । संस्थाका सदस्यहरूका लागि कुल कर्जा लगानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, कुल निक्षेप २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।  संस्थाले हाल २१ शाखा सहित १ एकिकृत कृषफर्म, १ मलखाद बिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला सञ्चालन गरिरहेको जनाएको छ ।

वि.सं.२०५२ साल कार्तिक १७ गते १ शाखा, १ कर्मचारी र ३६ हजार ६ सय रुपैयाँ शेयर पुँजीबाट सञ्चालन भएको संस्था रजतजयन्तीसम्म आईपुग्दा २१ शाखा, १७८ कर्मचारी र १३ करोड शेयरपँजी रहेको आर्जन गरेको संस्थाले जनाएको छ ।

संस्थाको रजतजयन्ती  समारोहमा अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथी लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई रहेका थिए ।  समारोहका प्रमुख अतिथि एवं न.पा प्रमूख महादेव बजगाईले रिबन काटेर प्रयोगशालाको उद्घाटन गरेका थिए । उक्त समारोहमा बोल्दै प्रमुख बजगाईले सुदुरपश्चिममा निजी क्षेत्रले सञ्चालनमा ल्याएको पहिलो प्रयोगशाला भएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

उक्त समारोहमा समुदायमा उत्कृष्ट प्रेरणादायी कार्य गर्ने ३ जनालाई संस्थाका अध्यक्षले जनही ११ हजार ११ सय १ रुपैयाँ सहित सम्मान गरेका थिए । सम्मानीत हुनेमा परोपकारी अभियन्ताका रूपमा, बर्दगोरीया गा.पा.२ मा मानसिक सन्तुलन ठिक नभएर वेवारिसे जिवन बिताईरहेका बेसाहराहरूको लागि सहाराघर सन्चालक बल बहादुर बिष्ट, कृषि अभियन्ताका रूपमा ईजायरबाट अध्ययन अवलोकनगरी फर्केर १५ विगाह जमिन भाडामा लिई खाद्यान्न, तरकारी एवं फूलखेतीमा अग्रसर बर्दगोरीया गा.पा.२ का  नविन जोशी रहेका छन् । त्यस्तै युवा अभियन्ताका रूपमा स्वच्छता अभियान एवं मानविय सहायतामा सक्रिय लम्कीचुहा न.पा.३ का युवा के.पी.खनाल रहेका छन् । समारोहमा संस्थाका संस्थापक अध्यक्ष ईन्द्र कुमार शाहलाई २५ तोला चाँदीको सिक्का सहित सम्मान गरिएको थियो  ।

यसैगरी संस्थाले रजतजयन्तीको अवसर पारेर आयोजना गरेको ’महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्लाव्यापी खुला निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरेको छ । पुरस्कृत हुनमा प्रथम स्थान हाँसिल गर्न सफल टीकापुरका कुबेर प्रसाद तिमिल्सिना, द्वितिय हुने लम्कीका  पुजा शाह र तृतियहुने टीकापुरका  दिक्षा तिमिल्सिना रहेका छन् ।

समारोहका विशिष्ठ अतिथी लम्कीचुहा न.पा. वडा नं १ का वडाध्यक्ष जनक बमले प्रथम, द्वितिय र तृतियलाई क्रमशः १५ हजार रुपैयाँ , १० हजार र ५ हजार रुपैयाँ नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । उक्त समारोहमा संस्थाको अन्तरशाखा स्तरिय वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुनेमा लम्की शाखाका अमर राज भण्डारी प्रथम, टीकापुर शाखाका रिता बजगाई दास्रो, हसुलिया शाखाका अर्जुन रिमाल तेस्रो र सुख्खड शाखाका दिपेन्द्र बटाला सान्तवना रहेका छन् । विजेताहरूका लागि पुरस्कार राशी क्रमशः नगद १०, ७,५ र ३ हजार रहेको छ । यस अघि रजतजयन्ती लाई लक्षित गरि संस्थाले ’कोभिड १९ को विषम परिस्थितीमा संस्थाको सेवा प्रवाह एवं व्यवसाय विस्तारमा कर्मचारीको भूमीका’ विषयक अन्तर शाखा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

त्यसैगरी रजतजयन्ती कार्यक्रम संस्थाका सम्पूर्ण शाखा कार्यालयमा विविध कार्यक्रम गरि मनाइएको छ । कोभिड–१९का कारण सुरक्षा मापदण्ड अपनाई सिमित सहभागी बिच केक काटेर, शाभकामना आदानप्रदान गर्दै बार्षिकोत्सव एवं रजतजयन्ती मनाईएको हो । समारोहलाई सामाजिक सन्जाल फेसबुक एवं स्थानिय रेडियोहरूबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

5170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?