जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई

सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको संचालक समितिको बिहीबार बसेको बैठकले भट्टराईलाई संचालक समितिका अध्यक्षमा चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

उनले सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।

कम्पनीको संचालकमा नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल र प्रिया तायल चयन भएका छन् । उनीहरुले पनि नवनियुक्त अध्यक्ष भट्टराईबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

यस्तै, कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त भएका छन् ।

सुर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भइ सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट पु ७ गतेबाट एकिकृत कारोबार सुरु गरिसकेका छन् ।

1850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका