जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • बैंक अफ काठमाण्डूले बाँडफाँट गर्यो आफ्नो स्वामित्वको दुई कम्पनीको शेयर

बैंक अफ काठमाण्डूले बाँडफाँट गर्यो आफ्नो स्वामित्वको दुई कम्पनीको शेयर

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त र छिमेक लघुवित्तको संस्थापक शेयर विक्री पश्चात बाँडफाँट गरेको छ । बैंकले माघ २७ गतेदेखि चैत ३ गतेसम्म यी दुई कम्पनीको संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरी चैत १० गते बाँडफाँट गरेको हो ।

आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता शेयर बैंकले लिलामी प्रकृयाबाट विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुमध्य बढी रकम अंकित गर्नेलाई बैंकले छिमेक लघुवित्तको ९४ हजार ११० कित्ता र आरएमडिसी लघुवित्तको ५२० कित्ता शेयर बाँडफाँट गरेको जानकारी दिएको छ ।

आरएमडिसी लघुवित्तको संस्थापक समूहमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा बढी रकम अर्थात रू. ५५० सम्म बोलकबोल गर्ने र छिमेक लघुवित्तको प्रतिकित्ता रू. ६०१ दशमलव ७५ देखि ८५१ मूल्यसम्म बोलकबोल गर्ने आवेदनहरुमा माग बमोजिम शेयर बाँडफाँट गरिएको बैंकले सुचना मार्फत जानकारी दिएको छ ।

7045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका