जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एशोसियट तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ

Sticky Breaking News

एशोसियट तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ

सौरभ ज्योति, एशोसियट उपाध्यक्षका प्रत्यासी, नेपाल उद्योग वाणिज्य महासंघ

एशोसियट तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ

सौरभ ज्योति चिनाई राख्नुपर्ने नाम होइन । नेपाल उद्योग वाणिज्य महासंघमा विगत १२ वर्षदेखि (४ कार्यकाल) काम गरि सकेका ज्योति युवा व्यवसायी बीच लोकप्रिय नाम भित्र पर्ने नाम हो । नेपाली अटो मोबाइल कम्पनीको छाता संस्था (नाडा)को अध्यक्ष समेत भइसकेका साहसी र प्रष्ट वक्ता सौरभ ज्योति भन्दछन्ः– कोरोना भाइरसका कारण अहिले इतिहासमै ठूलो चुनौती उद्योगी व्यवसायीहरुमा रहेकोले बरिष्ठ उपाध्यक्ष किशोर प्रधानको टिमलाई अत्याधिक बहुमतले जिताउनु पर्ने बेला आएको छ ।  उनीले थपे आम उद्योगी व्यवसायीहरुको हकहित र व्यवसायीलाई सम्बोधन गर्न र हाम्रा समस्या राज्यको ढोका सम्म पु¥याउनकै लागि आफ्नो र टिमको विजय हुने उनीको दाबी छ ।

निजी क्षेत्रको व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा यतिबेला चुनावी सरगर्मी बढेको छ । विश्वभर महामारीकोरुप लिएको कोभीड १९ का कारण महासंघको आसन्न निर्वाचन झन्डै ८ महिना पछाडी धकेलिएको छ । र पछिल्लो समय महासंघको निर्वाचन मङ्सिर ११, १२ र १३ गते तोकिएको छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्राबधानले शेखर गोल्छा स्वत अध्यक्ष बन्ने भएकाले वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदका लागि प्रतिस्पर्धा तिब्र देखिएको छ । निर्वाचनको मिति नजिकिदै गर्दा वरिष्ठ उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्र ढकालको टिम चुनावी तयारीमा जुटेको छ ।

आसन्न निर्वाचनमा चन्द्र ढकालको टिमबाट बस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारीले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष शेखर गोल्छा लगायत पूर्व आधा दर्जन अध्यक्षहरुको साथ रहेको किशोर प्रधान समूहबाट बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एशोसियट तर्फको उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेद्वारी दर्ता गरेका छन् ।

शेखर गोल्छाको साथ रहेको किशोर प्रधानको टिमबाट उदयीमान चर्चित युवा व्यवसायी सौरभ ज्योतिले एशोसियट उपाध्यक्षमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै उम्मेद्वारी दिएका छन् । नेपालको एक प्रतिष्ठित व्यवसायिक घराना ज्योति समूहका प्रबन्ध निर्देशक समेत रहेका सौरभ ज्योति अहिले उपाध्यक्ष हुँदै अर्को पटक वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुने योजनामा छन् भन्दा अब फरक पर्दैन ।

युवा उद्यमी एवं प्रष्ट वक्ता सौरभ ज्योति नेपाल उद्योग वाणिज्य महासंघको बिभिन्न महत्वपूर्ण पदमा रहेर १२ बर्षदेखि जिम्मेवारी सम्हाल्दै आएका छन् । कुर्शीका लागि नभई काम गर्नका लागि आसन्न निर्वाचनमा एशोसियट तर्फको उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको उनको दाबी छ ।

आसन्न निर्वाचनको तयारी आफ्ना भावी योजना, चुनाव जित्ने आधार र आत्मविश्वास लगायत आम उद्योग व्यवसायीका समस्या र कोरोनाले थलिएको उद्योग व्यवसायमा केन्द्रीत रहि आर्थिक बजार न्यूजडटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको लामो कुराकानीको केही अशंः–

० नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा तपाईले एसोसियट उपाधयक्षको उम्मेदवारी दिनु भएको छ । तपाईको उम्मेदवारी किन ?
सेवा गर्न उम्मेदवारी दिएको हुँ । पदमा पुगेपछि त्यस संस्थाका सदस्यहरुको हकहितको लागि लड्ने हो । समस्या हल गर्ने र संस्थाको विकासमा नै लाग्ने हो । सबैभन्दा महत्वपूर्ण कुरा सेवा गरौ भनेर नै अगाडी बढेको छु । अर्को कुरा के छ भने ५४ वर्ष पूरानो र गरिमामय संस्था हो नेपाल उद्योग वाणिज्य महासंघ यसमा मेरो परिवारको पनि इतिहास जोडिएको छ ।

हजुरबुबा देखि मेरो बुबाको यस संस्थामा ठूलो मेहनत र परिश्रम जोडिएको छ । म तेस्रो पुस्ता हुँ । मेरो बुबा अध्यक्ष समेत बनि सक्नु भएको यो संस्था हो । अर्को परिवारको इतिहास मात्रै पनि होइन यस संस्थामा मैले १२ वर्ष विभिन्न पदमा रहि काम गरेको छु । सबै व्यवसायी साथीहरुको पीडा, दुःख र भावना बुझेको छु र आफ्नो क्षमता र योग्यता कै कारण उम्मेदवारी दिएको हुँ । मैले यो १२ वर्ष ४ वटा अध्यक्षज्यूहरुसंग (४ कार्यकाल) काम गरेको छु र ४ वटा समितिको अध्यक्ष समेत बनिसकेको छु ।

नेशनल प्रोडक्टिभ क्यालिटि कमिटिको सभापतित्व गरे । त्यसपछि एफएनसीसीआई नेशनल एक्सेलेंस अवार्ड फोरमको सभापतित्व गरे । त्यसपछि कर राजश्व समितिको सभापतित्व गरे र यो कार्यकाल बैंक इन्स्योरेन्स र फाइनान्स कमिटिको सभापतित्व गर्दै आएको म संग धेरै योग्य अनुभव छ ।

निजी व्यवसायबाट धेरै अनुभव बटुलिसकेको छु भने महासंघमा पनि १२ बर्षदेखि जिम्मेवारी सम्हाल्दै आएको छु । मैले त्यो पदलाई न्याय गर्न सक्छु भनेर नै उम्मेद्वारी दिएको हो । मेरो कुनै व्यक्तिगत स्वार्थ पुरा गर्न जाने होइन, त्यहाँ सेवा गर्न जाने हो । निजि क्षेत्रका व्यवसायीहरुको हकहितका लागि काम गर्नलाई मैले उम्मेद्वारी दिएको हो । मलाई आम व्यवसायीहरुले पक्कै मौका र अवसर दिनु हुने उच्च मनोबलका साथ विश्वास लिएको छु ।

महासंघ आफैंमा निजि क्षेत्रको सबैभन्दा ठुलो व्यवसायिक संगठन हो । यसमा धेरै व्यवसायीहरु आबद्ध हुनुभएको छ । लाखौँ सदस्य हुनुहुन्छ । यसमा ठुला उद्योगी व्यवसायी देखि साना मझौला व्यवसायीहरु जोडिनु भएको छ र सबैको हकहितका लागि काम गर्ने साझा उदेश्य हो ।
यि र यस्ता कुराहरुलाई अगाडी लैजान र १२ वर्ष काम गरेको अनुभवकै कारण समय आईसकेकाले एशोसियट उपाध्यक्षमा मैले उम्मेदवारी दिएको हुँ ।

अर्को कुरा चुनाव प्रजातान्त्रिक प्रकृया हो । चुनाव एक दिनका लागि हो । चुनाव सम्पन्न भएपछि जित्ने उम्मेदवारहरु एक ठाउँमा आएर सबै व्यवसायीको हकहितमा काम गर्न एकै कार्यसमितिमा बसेर एक ढिक्का भएर नै काम गर्नुपर्छ भन्ने कुरा नै मुख्य हो ।
अध्यक्ष शेखर गोल्छाको आगामी तीन बर्षको कार्यकाल सफल बनाउन उहाँको टिमबाट मैले एशोसियट तर्फको उपाध्यक्षमा उम्मेद्वारी दिएको हो ।

० तपाई शेखर गोल्छाजीका समर्थनमा एशोसियट उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ यस अगाडी तपाईले नै आफ्नो उम्मेदवारी फिर्ता गरेर उपाध्यक्ष बनाउनु भएका व्यवसायी चन्द्र प्रसाद ढकाल बरिष्ठ उपाध्यक्षमा अर्को टिम बनाएर मैदानमा आउनु भएको अवस्था छ । तपाईको निर्वाचनमा जित्ने आधार र आत्मविश्वास के के छ त ?
अत्यन्तै राम्रो प्रश्न सोध्नु भयो । हेर्नुहोस् चुनावमा हारजित पक्कै हुन्छ । मलाई त चुनावमा हार्नु भन्दा पनि जित्नुको चाहि डर छ । हा¥यो भने आफ्नै व्यवसाय मात्रै हेर्ने हो । जित्यो भने त आम उद्योगी व्यवसायीहरुको हकहितको लागि महंगो समय दिनु पर्दछ । यो अत्यन्तै चुनौतीपूर्ण छ । तर, यो गर्न म तयार छु ।

किनभने म संग १२ वर्ष (४ कार्यकाल) नेपाल उद्योग वाणिज्य महासंघमा काम गरेको उच्च मनोबल र अनुभव छ । त्यसकारण यो पदमा म नै हुनुपर्दछ भन्ने छैन योग्य र सक्षम व्यक्ति त्यो पदमा पुग्नु पर्दछ भन्ने मेरो भनाई हो ।

एउटा टिम सहितको नेतृत्व चाहिन्छ जो आफ्नो स्वार्थ भन्दा माथी उठेर निजी क्षेत्रको समस्या र मुलुकको अर्थतन्त्र बलियो बनाउनु लाग्नु पर्दछ । पहिलाको चुनावमा मैले यहिकारणले उम्मेदवारी फिर्ता लिएको र चन्द्र ढकाल दाईलाई र्निविरोध विजय गराएको इतिहास साक्षी छ । किनभने टिमले भनेर गरेको हो । तर, अहिले समय भैसकेका कारण यो पद समालेर निजी क्षेत्रको विकास गर्ने र मेरो १२ वर्षको अनुभवलाई महासंघमा लगाउने निर्णय गरेर एशोसियट उपाध्यक्ष पदमा उम्मेदवारी दिएको चाहि सत्य हो ।

० तपाईकै कारणले र्निविरोध गराई दिएका चन्द्र प्रसाद ढकालज्यू अर्को टिमबाट चुनाव लड्दै हुनुहुन्छ । तपाई फरक टिमबाट अब मलाई भनिदिनुहोस् तपाईका चुनाबी एजेन्डा के के छन् र तपाईलाई अर्को टिमको मत आउने देख्नु भएको छ त ?
हाम्रो एजेण्डा के छ भने हामी कोरोना महामारी बीच छौं । इतिहासमै अहिले चुनौती पूर्ण अवस्थामा छ । भन्दा फरक पर्दैन । अर्थतन्त्र धरासायी भएको अवस्थामा पुगेको छ । अर्थतन्त्रलाई समयमै जोगाउन हामी अगाडी बढ्नु पर्दछ । १÷२ वर्षमा धरासायी भएको अर्थतन्त्र ट्याकमा ल्याउनु जरुरी छ र हामी आत्मनिर्भरता हुनुप¥यो । मौद्रिक नीति कार्यन्वयन गराउन के गर्ने हो, रोजगारी सृजना कसरी गर्ने हो ।
उद्यमशीलता कसरी जोगाउने हो ।

अर्को कुरा नेपाल सरकारको नीति र राष्ट्र बैंकको मौद्रिक नीतिलाई नजिकबाट नियालेर व्यवसायीको हकहित गर्ने काम यो हाम्रो टिमले गर्ने छ । उत्पादन बढाउने र आत्मनिर्भर बन्नु पर्दछ । अर्को उर्जा हो र अर्को चाहि पूर्वाधारको विकास नै हो । १० वर्षमा के के सीप चाहिन्छ । कस्तो तालिम दिने, अर्को डिजिटल अर्थतन्त्र कसरी गर्ने भन्ने छ । यो टिम किन बनेको भन्दा हाम्रो सोच विचार र उद्देश्य मिलेर नै शेखर गोल्छाजीको टिम बनेको हो । यो राजनितीक होइन । व्यवसायीहरु बीचको प्रतिस्पर्धा हो ।

हाम्रो टिमले १० वर्षको अर्थतन्त्रको रोडम्याप बनाएका छौं । १० वर्षमा कहाँ पुग्ने हो निजी क्षेत्रको एजेण्डा भने आर्थिक विकास नै हो । यो रोडम्यापलाई सफल गर्न नै हामी अगाडी बढेका छौं । अर्थतन्त्रको ग्रोथलाई डब्बल डिजिक्टमा लैजाने, लगानी बढाउने, रोजगारी बढाउने हाम्रा योजना छन् । त्यसकारण हरेक वर्ष ४ लाखलाई रोजगारी दिने हाम्रो योजना छ । हामी कुरा होइन काम गरेर देखाउने छौं ।

यस बाहेक एशोसियट उपाध्यक्षको जिम्मेवारी प्रस्टै छ नि एशोसियट उपाध्यक्षको प्राथमिकताको जिम्मेवारीमा रोजगारदाता परिषदको सभापतित्व गर्नुपर्छ । यस पदमा हुनेले निजि क्षेत्र, सरकार , ट्रेड युनियनबीच श्रम ऐन अनुसार सन्तुलितरुपमा काम अगाडी बढाउनुपर्छ ।
अर्को भनेको सामाजिक सुरक्षा कोषको हो । हामी संचय कोषबाट सिफ्ट भएका छौं । अहिले पनि निजि क्षेत्रका धेरै प्रश्नहरु छन् । यसको स्पष्टता आएपछि कोषमा जानुको बिकल्प छैन । अर्को कुरा, आइएलओ, वल्ड बैंक लगायतका संस्थामा महासंघको प्रतिनिधित्व हुनुपर्छ ।

उपाध्यक्षको हैसियतमा कार्यसमितिको पदाधिकारीहरुसंग मिलेर बलियो भएर काम गर्ने हो । बलियो भनेको एउटा युनाइटेड हुने हो अर्को महासंघले बिभिन्न निजि क्षेत्रसँग मिलेर सामुहिक आवाज उठाउने नै हो ।

० अर्को महत्वपूर्ण कुरा के छ भने अहिले मुलुक कोरोना महामारी बीचमा छ । आम उद्योगी व्यवसायी पीडा र दुखमा छन् भन्दा फरक पर्दैन यो बेला आम उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदैछ ती लाखौ लाख व्यवसायीहरुको समस्यालाई चाहि तपाईले कसरी दिनु भएको छ त ?
इतिहासकै चुनौतीपूर्ण अवस्थामा हामी छौं । यसकारण एक जुटभएर निस्कनु पर्ने बेला पक्कै आएको छ तपाईले भने जस्तै छ लाख भन्दा बढि सदस्य भएको संस्था, सञ्जाल देशभरी छन् । त्यसकारण अर्थतन्त्रलाई कोरोना भाइरसबाट बचाउँदै मिलेर सबै निजी क्षेत्रका व्यवसायी एक भएर अगाडी लैजानु पर्दछ । त्यसकारण अहिले आम व्यवसायीहरुले चुन्ने नेतृत्व सहि र सक्षम नेतृत्व हुनुपर्दछ । त्यसकैलागि किशोर प्रधानको टिमबाट मैले उम्मेदवारी दिएको हुँ ।

कुरा जसले पनि गर्दछ तर, काम गर्न सक्नुप¥यो । मैले ४ कार्यकाल (१२ वर्ष) नेपाल उद्योग वाणिज्य महासंघमा काम गरेको छ ु । त्यसकारण त्यसको मुल्याङ्कन आम मतदाता साथीहरुले गर्नुहुनेछ । म मात्रै होइन २१ जनाको मेरो टिम छ । सबै रियल व्यवसायी साथीहरु हुनुहुन्छ । त्यो टिमले नै देखाएको छ । त्यसकारण हाम्रो टिमले विजय हासिल गर्ने कुरामा म ढुक्क छु । साना उद्योगी देखी ठूला उद्योग व्यवसायी साथीहरुको टिम हामीसंग छ । फरक÷फरक उद्योगीहरुको टिम हामीसंग छ ।

० तपाईको प्रतिस्पर्धा माडवाडी समूदायको एनआईसी एशिया बैंकका सञ्चालक एवं विशाल गु्रपका प्रबन्ध निर्देशक रामचन्द्र संघाई हुनुहुन्छ । तपाई युवा उद्यमी एवं १२ वर्ष नेपाल उद्योग वाणिज्य महासंघमा काम गरेको व्यक्ति हुनुहुन्छ । उहाँसंगको प्रतिस्पर्धालाई चाहि कसरी लिनु भएको छ ?
रामचन्द्र संघाई दाई मेरो अग्रज हो । उहाँसंग मेरो सम्बन्ध अत्यन्तै राम्रो छ । तर, चुनावमा उहाँ मेरो प्रतिद्वन्दी नभए अरु केही त हुने थियो नै चुनाव भनेको चुनाव हो म उहाँलाई पनि अग्रीम शुभकामना दिन चाहन्छु । तर, मेरो प्रतिस्पर्धा उहाँसंग होइन । मेरो प्रतिस्पर्धा म आफूसंग नै हो । मैले पनि धेरै काम गर्न सकेको छैन होला ।

यो १२ वर्षमा त्यसकारण यसपटक महत्वपूर्ण पद एशोसियट उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । मैले रोजगारदाता परिषदमा अध्यक्षता गर्नुपर्ने हुन्छ । रोजगारदाता परिषद् महत्वपूर्ण कुरा हो किनभने नेपालमा लगानीको वतावरण बनाउने र श्रम ऐन हेर्ने यसको ठूलो भूमिका रहन्छ । श्रम ऐनमा टेकेर राज्य र हामी सबै मिलेर लगानी भित्र्याउनु पर्दछ । यो नै महत्वपूर्ण कुरा हो । त्यसकारण सबै सरकार, टे«ड यूनियन देखि वल्र्ड बैंक समेत समेट्नु पर्दछ । त्यसकारण श्रमिक र रोजगारदाताको हकहितका लागि एउटा पोलिसी ल्याएर कम गर्नुपर्दछ । त्यसकारण यो भूमिका निभाउन म सक्षम छु । १ सय १० प्रतिशत भुमिका मेरो रहने छ । अर्को कुरा जित्छु भन्ने आत्मविश्वास पनि छ ।

नेता भनेको सबैभन्दा बढी सेवा दिने मान्छे हो । तीन बर्षअगाडी नै म पछाडी हट्नुको कारण त्यो बेला नेतृत्वलाई साथ दिएर अहिले जिम्मेवारी लिनु हो । हामीसंग सक्षम टिम छ । सबै आ आफ्नो व्यवसायमा सफल भएका व्यक्तित्व हुनुहुन्छ । एशोसियटमा भएका सदस्य मध्ये बहुमतको साथी हामीसंग हुनुहुन्छ त्यसैले पनि २१ मा २१ हाम्रो जित हुन्छ भन्नेमा बिश्वस्त छु नि ।

० यस अगाडी नेपाल उद्योग वाणिज्य महासंघमा चर्को राजनितीकरण भएको भन्दै यस पटक बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधान परिवर्तन गरि उपाध्यक्षको निर्वाचन गर्ने कुरा आयो फेरि यस्तै राजनीतिकरण भएको आभास देखिन्छ । दुई टिम मैदानमा प्रचार प्रसारमा हुनुहुन्छ । दुईवटा पाटी नै चुनावी मैदानमा लड्ने जस्तो देखिन्छ । यसबाट महासंघमा फुट पो आउने हो कि यसलाई चाहि कसरी लिनु भएको छ त ?
सबैभन्दा ठूलो कुरा नेपाल उद्योग वाणिज्य महासंघ राजीतिक संस्था होइन । लाखौ लाख उद्योगी व्यवसायीहरुको छाता संस्था हो । त्यसैले हामीले राजनीतिलाई टाढा राख्नु पर्दछ । तरपनि ठूलो संस्था भएका कारण चुनावमा यस्तो हुनु स्वभाविक नै मानिनछ । प्रजातान्त्रिक प्रक्रिया नै चुनाव हो । हामीले अर्को प्यानलाई कहिले आरोप र प्रत्यारोप लगाएको छैन । यसबाटै प्रस्ट छ राजीतिकरण भएको छैन भनेर । हामी दुबै टिमका एजेण्डा एउटै छन् । नेपाल उद्योग वाणिज्य महासंघमा सधै खेल्ने र महासंघलाई आफ्नो व्यवसायी बनाउनेहरुलाई हटाउदै सदस्यहरुको हकहितमा काम गर्ने संस्थाको हितमा काम गर्ने व्यक्तित्वको नेतृत्व अब महासंघमा आउनु जरुरी छ । यसकै लागि हाम्रो टिम आएको छ ।

० करिब ९२६ सदस्य रहेको एशोसियटबाट तपाई एशोसियट उपाध्यक्षमा चुनाव लड्दै हुनुहुन्छ भोलि चुनावबाट विजय भएपछि चाहि कसरी अगाडी बढ्ने योजना छ त ?
१ वर्षमा ४ पटक सबै एशोसियट संस्थाहरुमा भेला गरि उहाँका सुझाव लिने र समस्या समाधान गर्ने मेरो पहिलो काम हुनेछ । अर्को विभिन्न समिति बनाएर हामी काम गर्नेछौं । सबै साना मझौला र ठूला उद्योगका समस्या समाधानमा हामी लाग्ने छौं अर्को सरकार नीतिहरुमा कहाँ कसरी लड्ने हो । त्यसमा पनि ध्यान दिनु पर्दछ । र विस्तार कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई जोगाउने र सहि ट्याकमा ल्याउन हामी लागि पर्ने छौं ।

अर्को कुरा उपाध्यक्ष भएपछि सर्वप्रथम त म कार्यसमितिको पदाधिकारी भएर नै काम गर्ने एजेन्डा छ । कार्यसमितिमा रहेर नेतृत्वलाई साथ दिएर आफ्नो जिम्मेवारी पुरा गर्ने मेरो योजना छ । सबैको आ आफ्ना समस्या हुन्छन । कम्तिमा महिनामा एक पटक सम्बन्धित सदस्यहरुबीच सम्बाद गर्ने लक्ष्य लिएको छु । जहाँ जहाँ उद्योग छन् त्यहाँको समस्या बुझेर समाधान खोज्न हामी लागिपर्छौँ नि ।

० तपाई नाडाको अध्यक्ष समेत भैसकेको व्यक्ति १२ वर्ष (४ कार्यकाल) नेपाल उद्योग वाणिज्य महासंघमा विताएको युवा व्यवसायी तपाईले चुनाव जित्ने कुरामा कति विश्वस्त हुनुहुन्छ त ?
चुनावमा हार्न कसैले पनि उम्मेदवारी त दिदैन जित्नकै लागि दिने हो । त्यसकारण मेरो विजय सुनिश्चित नै छ । ९२६ कम्पनीहरुका सीइओ अध्यक्ष, सञ्चालक, कम्पनी सचिवहरुबीच हामीले कुनै न कुनै फर्ममासंगै काम गर्दै आएका छौं र मैले यी क्षेत्रका समस्या भित्रीरुपमा बुझेको पनि छु र उहाँहरुसंग राम्रो सम्बन्ध पनि भएकोले मलाई सबै ९२६ एशोसियटबाट भोट आउनेछ ।

उहाँहरुको समस्या समाधान गर्न नै मैले एशोसियटको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । त्यसकारण उहाँहरुले सहयोग र समर्थन गरि मलाई विजय गराउनु हुने विश्वास छ । म मात्रै होइन मेरो टिमलाई नै उहाँहरुले जिताउनु हुन्छ । २१ जनाको टिम सबैको विजय सुनिश्चित छ । टिम भए मात्र आम व्यवसायीका समस्या समाधान गर्न सजिलो हुने छ नि ।

० अन्त्यमा आम उद्योगी व्यवसायी र तपाईका मतदातालाई चाहि के भन्नु हुन्छ त ?
अहिले सबै व्यवसायीमा चुनौती बढेको छ । तरपनि हामी एकजुट भएर अगाडी बढ्यो भने हामी मुक्त हुनेछौं । देशलाई आर्थिक समृद्ध गराउदै शान्त र समृद्ध नेपाल निर्माण गर्न हामी सफल हुनेछौं । हामी सबै व्यवसायी त्यसका लागि एक जुट हुनुपर्दछ । चुनाव एउटा प्रक्रिया मात्र हो । हामी उद्योगी व्यवसायीले सुरक्षा र सम्मान पाउनु पर्दछ । यसमा समस्या छ । यसका लागि हामी सरकारसंग लड्नु पर्ने आजको मुख्य समस्या हो । त्यसकारण सक्षम अनुभवी खारिएका व्यवसायी रहेको किशोर प्रधानज्यूको टिमलाई मतदान गर्न म सबै साथीहरुलाई आग्रह गर्दछ । (राजतिलक साप्ताहिकबाट साभार गरिएको )

11525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका