

सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो अवधिमा बैंकले ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको पहिलो त्रैमासमा ३९.१७ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकको नफा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा १२ करोड ९९ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चलान मुनाफामा आएको गिरावटले नाफा खुम्चिएको छ ।
गत आवको पहिलो त्रैमासमा ६० करोड २९ लाख ३८ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँमा सिमित बनेको छ ।
यस्तै सञ्चालन मुनाफा पनि २२ करोड ५९ लाख ५४ हजार रुपैयाँबाट घटेर १३ करोड ८२ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६६ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ । ६९ अर्ब ४० करोड १८ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५६ अर्ब ९२ करोड ७८ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा २.९३ प्रतिशत खराब कर्जा रहेको बैंकको अहिले घटेर १.५० प्रतिशत रहेको छ । ४ रुपैयाँ ८३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ४१ पैसा रहेको छ ।