जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी प्रतिस्पर्धा तीब्रः ढकाल र प्रधान आ–आफ्नै अन्तिम तयारी र रणनीतिमा ?

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी प्रतिस्पर्धा तीब्रः ढकाल र प्रधान आ–आफ्नै अन्तिम तयारी र रणनीतिमा ?

नेपालको सबै भन्दा ठूलो निजी उद्योग व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको चुनावी प्रतिस्पर्धा चुलिएको छ भन्दा फरक पर्दैन । राजनीतिक पार्टीझै गरि किशोर प्रधान र चन्द्र प्रसाद ढकाल प्यानल नै बनाएर चुनावी मैदानमा हुमिएको देखिन्छ । बरिष्ठ उपाध्यक्षका प्रत्यायी ढकाल र प्रधान दुबै जना खडिएका र सफल उद्यमी भित्रका नाम पक्कै हुन् ।

उद्योगी व्यवसायीहरु के तर्क मान्ने हो भने यस पटकको चुनावमा झिनो मतले एउटा उम्मेदवारले जित्नेछ । अहिले दुबै उम्मेदवार कोरोना कहर बीच आ–आफ्नै टिमलाई जिताउन भित्री तयारी र अन्तिम रणनीतिमा लागि परेको देखिन्छ ।

यस पटकको नेपाल उद्योग वाणिज्य महासंघका समिकरण नौलो र अचम्मको बनेको देखिन्छ । प्रायः सबै पूर्व अध्यक्षहरुको समर्थनमा किशोर प्रधानले बरिष्ठ उपाध्यक्षमा उम्मेदवार दर्ता गरेका छन् भने सफल उद्यमी चन्द्र प्रसाद ढकालले पूर्व अध्यक्ष चण्डी प्रसाद ढकालको समर्थनमा उम्मेदवारी दर्ता गरेका छन् । अघिल्लो चुनावमा सर्बसम्मत उपाध्यक्ष विजय भएका ढकाल र अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासंग चुनाव हारेका किशोर प्रधानबीच कसले बाजी मार्ने हो त्यो हेर्न एक हप्ता कुर्नै पर्दछ ।

भनिन्छ सफल उद्यमी चन्द्र प्रसाद ढकाललाई संस्थान र वित्तिय संस्थाको बलियो सर्मथन छ भने अर्का अनुभवी उद्यमी किशोर प्रधानलाई पूर्व अध्यक्षहरुको वलियो र चमत्कारी साथ छ भन्दा फरक अब पर्दैन । उद्योगी व्यवसायीहरु के तर्क मान्ने हो भने यस पटकको चुनावमा झिनो मतले एउटा उम्मेदवारले जित्नेछ । अहिले दुबै उम्मेदवार कोरोना कहर बीच आ–आफ्नै टिमलाई जिताउन भित्री तयारी र अन्तिम रणनीतिमा लागि परेको देखिन्छ ।

सफल उद्यमी तथा बजारमा बोलवाला ढकाल र अनुभवले खारिएका प्रधानबीचको प्रतिस्पर्धालाई महासंघका पूर्व अध्यक्षहरूले सहमतिमा ल्याउने प्रयास गरिरहेका थिए । यद्यपि सहमति खोज्नु भने व्यर्थ जस्तै भएको छ । महासंघको साधारणसभा तथा निर्वाचनको मिति नजिकिदै जाँदा सहमतिका लागि पूर्व अध्यक्षहरूले गरेका प्रयास निरर्थक बनेका छन् भन्दा फरक पर्दैन ।

दुबै प्यानललाई सहमतिमा ल्याउनका लागि महासंघका अध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरू रवि भक्त श्रेष्ठलगायतका टिम लागि परेपनि उनीहरूले सहमति गराउन नसक्ने पक्का पक्का भएको छ । त्यसैले अब महासंघ चुनावमा वरिष्ठ उपाध्यक्षका लागि सहमति खोज्ने समय घट्किोसकेको छ ।

एक पूर्व अध्यक्षले प्रस्टैसंग पंक्तिकारलाई भने हामी अध्यक्षहरूलाई दुई पक्षलाई मिलाउन गाह्रो भएको छ । एउटा पक्ष छलफलमै बस्न चाहँदैन भने अर्को पक्षमात्र बसेर सहमति हुन सक्दैन । वार्ता सफल हुनको लागि दुबै पक्ष वार्ता र छलफलमा बस्नुपर्छ, त्यो वातावरण अहिलेसम्म बन्न सकेको छैन नि ।

उनीले थपेः– ‘एउटा पक्षमात्र बसेर हुँदैन, यसका लागि दुबै पक्ष बस्नुपर्छ,’ उनले भने ‘माथिल्लो तहमा सहमति जुट्न सके त्योभन्दा तल्लो तहमा सहमति मिलाउन गाह्रो हुँदैन ।’ दुबै प्यानललाई सहमतिमा ल्याउनका लागि महासंघका अध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरू रवि भक्त श्रेष्ठलगायतका टिम लागि परेपनि उनीहरूले सहमति गराउन नसक्ने पक्का पक्का भएको छ । त्यसैले अब महासंघ चुनावमा वरिष्ठ उपाध्यक्षका लागि सहमति खोज्ने समय घट्किोसकेको छ । अब यसमा समर्थन खोज्नेतर्फ पूर्व अध्यक्षहरू समय खर्च नगरे हुन्छ ।

अर्को कुरा के छ भने दुबै पक्षबाट आफ्नो प्यानललाई जिताउन प्रशस्तै पैसा खर्च भइसकेको अवस्था रहेकोले पनि वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा छाड्न चाहादैनन् । लोकतान्त्रिक मुलुकको अभ्यासलाई आत्मसाथ गर्दै अब चुनाव नै हुन दिनु राम्रो हुने अर्का पूर्व अध्यक्षले पंक्तिकारसंग बताए ।

कुन प्यानलले जित्छ भनेर आ–आफ्नै तरिकाको अड्कलबाजीहरु शुरु भइरहेको देखिन्छ । किशोर प्रधान विराटनगरबाट उदाएका उद्योगी हुन् । बिजुलीको पोलको व्यवसाय गर्ने उनलाई पूर्वमा असल व्यवसायीको रुपमा चिनिन्छ । उनलाई समर्थन गरेका आगामी अध्यक्ष शेखर गोल्छा पनि पूर्वकै हुन् भन्दा फरक पर्दैन ।

नेपाल उद्योग वाणिज्य महासंघको ११ देखि १३ मंसिरमा काठमाडौंमा हुने साधारण सभा तथा निर्वाचनको माहोल तातिएको छ । मनोनयन समयावधि बिहीबार नै सकिएपछि उम्मेद्वारहरु आफ्नो पक्षमा मत पार्न जोडतोडका साथ चुनाबी मैदानमा खटिएको भेटिएको छ ।

भनिन्छ वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्दैछन् । बाँकी पदहरुमा चुनाव हुँदैछ । वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी चुनावी मैदानमा छन् ।

गोल्छा, मुरारका र चण्डी प्रसाद ढकाल उद्योगी र व्यवसायीहरुको राम्रै मत ‘होल्ड’ गर्ने व्यक्तित्व हुन् । यो अवस्थामा कुन प्यानलले जित्छ भनेर आ–आफ्नै तरिकाको अड्कलबाजीहरु शुरु भइरहेको देखिन्छ । किशोर प्रधान विराटनगरबाट उदाएका उद्योगी हुन् । बिजुलीको पोलको व्यवसाय गर्ने उनलाई पूर्वमा असल व्यवसायीको रुपमा चिनिन्छ । उनलाई समर्थन गरेका आगामी अध्यक्ष शेखर गोल्छा पनि पूर्वकै हुन् भन्दा फरक पर्दैन ।

तर, प्रधानले आफ्नै क्षेत्रका पनि सबै मत नपाउने अवस्था भने देखिन्छ । यसअघि वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँगै हारेकाका कारण गोल्छा पक्षका सबैले प्रधानलाई भोट नदिने देखिएको छ । विराटनगरकै केही उद्योगी–व्यवसायीहरु ढकालको पक्षमा लागि परेका भन् । यसबाट पनि प्रस्टै हुन्छ ।

गत बिहीबार निर्विरोध निर्वाचित राउतकै कारण पनि प्रदेश १ को मत बाडिने देखिएको छ । उदयपुर स्थायी घर भएका राउत विराटनगरका राम्रै व्यवसायी हुन् । हाल प्रदेश १ कमिटिको उपाध्यक्ष रहेका उनले खुलेरै ढकालको पक्षमा भोट मागिरहेका देखिन्छ ।

महासंघको प्रदेश १ अध्यक्ष नरेन्द्र खड्का भने किशोर प्रधानको पक्षमा उभिएका छन् । चुनावी अभियानकै लागि काठमाडौंमा रहेका उनले आफू प्रधानको पक्षमा रहे पनि पूर्वमा चन्द्र ढकालको राम्रै मत आउने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । महासंघ प्रदेश २ कमिटीले प्रधान प्यानललाई समर्थन गरेको देखिन्छ । प्रधानको पक्षमा मत खसाल्ने भनिएको छ ।

बागमती प्रदेश महासंघका अध्यक्ष दिनेश श्रेष्ठ आफै प्रधान प्यानलका उम्मेदवार भएकाले बागमती प्रदेशको मत पनि प्रधान पक्षलाई नै जाने प्रचार गरिएको देखिन्छ यद्यपि, अध्यक्ष श्रेष्ठ नै उमेदवार भए पनि वागमती प्रदेशमा प्रधानको पक्षमा सबै मत झर्दैन । यो प्रदेशबाट करिब आधा मत आफ्नो पक्षमा झर्ने ढकाल समूहको चर्को दाबी देखिन्छ ।

उद्योग वाणिज्य महासंघको अत्यधिक प्रदेश कमिटीहरुको मत चन्द्र ढकाल समूहले पाउने देखिएको छ । २ र ३ बाहेकका सबै प्रदेश कमिटी बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाललाई समर्थन गर्ने भएपछि जिल्ला नगरतर्फ ढकाल समूहले अत्यन्तै बलियो छ भन्न सकिन्छ ।

वरिष्ठ उपाध्यक्ष जित्नका लागि भने यो मत पर्याप्त हुँदैन । ढकाल यसअघि निर्विरोध एशोसियट उपाध्यक्ष निर्वाचित भएकाले यो पटक पनि राम्रो मत पाउने बरिष्ठ उपाध्याक्षका प्रत्याक्षी चन्द्र प्रसाद ढकालले पंक्तिकारसंग बताए । ढकाल समूहलाई जिताउन महासंघको गण्डकी प्रदेश कमिटिले समिति नै बनाएर चुनाव प्रचारप्रसार गरिरहेको देखिन्छ ।

नेपाल आयल निगम, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, नेपाल स्टक एक्चेन्ज, नेपाल विद्युत प्राधिकरणलगायतका सबै सार्वजनिक संस्थान छ । हाल नेपालमा ३७ वटा सार्वजनिक संस्थान छन् । यी सबै संस्थान तथा कर्पोरेट हाउसले आफ्नो पक्षमा मत दिने ढकाल टिमको भित्री बुझाई छ भन्दा परक पर्दैन ।

गण्डकी ढकालको गृह जिल्ला रहेको प्रदेश पनि हो । प्रदेश ५ को समर्थन पनि ढकाल समूहलाई नै छ । प्रदेश अध्यक्ष गुणनिधि तिवारी नै ढकाल पक्षका उम्मेद्वार छन् । यसले ढकाललाई ठूलो मत जाने देखिन्छ । उता सुदूरपश्चिम प्रदेशले पनि ढकाल समूहलाई नै समर्थन गर्ने घोषणा गरिसकेको भनिन्छ ।

अर्को महत्वपूर्ण कुरा के पनि छ भने सफल उद्यमी एव बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र प्रसाद ढकालालाई वित्तिय संस्था र सार्वजनिक संस्थापकहरु ठूलो मत आउने आकलन गर्नेहरु पनि कमी छैनन् ।

सरकार निकट मानिने महासंघका वरिष्ठ उपाध्यक्षका दावेदार चन्द्रप्रसाद ढकालले सरकारी स्वामित्वका सार्वजनिक संस्थानका मतदाता सरकारले भने ढकाललाई नै भोट दिने देखिन्छ । नेपाल आयल निगम, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, नेपाल स्टक एक्चेन्ज, नेपाल विद्युत प्राधिकरणलगायतका सबै सार्वजनिक संस्थान छ । हाल नेपालमा ३७ वटा सार्वजनिक संस्थान छन् । यी सबै संस्थान तथा कर्पोरेट हाउसले आफ्नो पक्षमा मत दिने ढकाल टिमको भित्री बुझाई छ भन्दा परक पर्दैन ।

वित्तीय क्षेत्रमा जमेका र हुर्केका ढकाल आफै बैंकर्स र उद्यमी भएकाले बैंक, बीमालगायत वित्तीय क्षेत्रको भोट आउनेमा ढुक्क देखिन्छ । भन्दा फरक नपार्ला ।

तर ढकालकै जस्तो अर्को उम्मेदवार किशोर प्रधानले पंक्तिकारसंग भन्दछन् । मसंग पूर्व अध्यक्ष लगायत शेखर गोल्छा लगायत ठूलो समूह र घरघरानाका उद्यमी व्यवसायीहरुको सर्मथन छ । त्यसकारण चुनाव जित्ने कुरामा दुई मत छैन नि ।

सरकारी संस्थान मतबारे प्रश्न गर्दा उनी भन्दछन् । सरकारको निर्देशन नै भएपनि मलाई भोट दिने प्रसस्त साथीहरु छन् । त्यसकारण म उच्च मनोबलका साथ अगाडी बढेका कारण मलाई हराउन अर्को उम्मेदवारले सक्दैनन् उनीले दाबी गरे ।

एक उद्योग व्यवसायीले प्रस्टै भने यो चुनाव नेवार र वाहुनबीचको लडाई जस्तै देखिन्छ । कसको पल्लाभारी हुन्छ । त्यो अहिले भन्न सक्ने अवस्था छैन नि । उनीले थपे पूर्वको भोट किशोर प्रधानलाई कति आउने हो त्यसले हारजीतमा ठूलो प्रभाव पार्ने प्रस्टै छ नि ।

जे भएपनि नेपालको सबैभन्दा ठूलो उद्यमी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा राजनीतिक हस्तक्षेप र सरकारी हस्तक्षेप पस्नु पटक्कै हुँदैन । जसले जिते पनि उद्योग व्यवसायीले नै जित्ने भएका कारण महासंघलाई राजनीतिक थलो कसैले बनाउनु हुँदैन र बनाउन पाइदैन यो भने सत्य हो । सचेत भया ।

 

14585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।