जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिटी एक्सप्रेसलाई प्राप्ती गर्न नेपाल इन्भेष्टमेण्टले पायो अन्तिम स्वीकृति

सिटी एक्सप्रेसलाई प्राप्ती गर्न नेपाल इन्भेष्टमेण्टले पायो अन्तिम स्वीकृति

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले प्राप्ती सम्बन्धि प्रकृयाका लागि अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको हो । यी दुबै कम्पनीले गत असोजे असोज २८ गते विशेष साधारण सभा मार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपात अर्थात सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर आफ्नो ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गर्न लागेको हो । यी दुई कम्पनीविच प्राप्ती सम्बन्धी सम्झौता भदौ १७ गते भएको थियो ।

प्राप्ती प्रयोजनका लागि सिटी एक्सप्रेसको शेयर कारोबार गत पुस २८ गतेदेखि रोक्का रहेको छ । ४० करोड रुपैयाँ चुक्तापूँजी भएको सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गरी एकिकृत कारोबार पश्चात नेपाल इन्भेष्टमेण्टको चुक्तापूँजी १४ अर्ब ६४ करोड ८९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । हाल नेपाल इन्भेष्टमेण्टको चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

4535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका