

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तामा वसन्तबहादुर कुँवरलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रवक्ता तोकेको हो । नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यपरक रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।