जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हकप्रदको अनुमति लिन धितोपत्र बोर्ड जाने तयारीमा एनएलजी इन्स्योरेन्स

हकप्रदको अनुमति लिन धितोपत्र बोर्ड जाने तयारीमा एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ।

कम्पनीले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा चाँडै निवेदन पेस गर्ने जनाएको छ। यसअघि कम्पनीको गत साउन १५ गते बसेको विशेष साधारणसभाले हाल कायम चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको ६६ प्रतिशत अर्थात् १० को सेयरबराबर ६.६ सेयरको अनुपातले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेबमोजिम कम्पनीले सबै डकुमेन्टको प्रोसेस अघि बढाएको हो।

कम्पनीका अनुसार हकप्रद जारी गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई धितोपत्र बोर्डमा प्रस्ताव पेस गर्ने प्रक्रिया भइरहेको छ। ‘बीमा प्राधिकरणबाट सैद्धान्तिक सहमति प्रदान भइसकेको छ, रेटिङलगायतका विभिन्न डकुमेन्ट पूरा गर्ने प्रक्रिया अब चाँडै सकाएर बोर्डमा निवेदन पेस गर्नेछौँ’, कम्पनीका एक अधिकारीले भने, ‘अब एक–डेढ महिनाभित्रै हामीले सेबोनमा प्रस्ताव पेस गर्नेगरी प्रक्रिया अघि बढाएका छौँ।’

सेबोनबाट स्वीकृत पाएबमोजिम कम्पनीले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद बिक्री खुला गर्नेछ। हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ।

प्राधिकरणले गत वर्ष निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पराजुलीले मर्जरमा नगई आफैँ पुँजी पुर्याउन प्रयास गर्ने कम्पनीलाई सहुलियत प्रदान गर्ने बताएका थिए। पौडेलले मर्जरमा गई वा हकप्रद जारीपश्चात पनि न्यूनतम चुक्तापुँजी केही प्रतिशत अपुग भएमा सो रकमबराबरको बोनस जारी गर्न पाउने बताएका थिए।

सोहीअनुसार एनएलजी इन्स्योरेन्सलाई न्यूनतम चुक्तापुँजी पुर्याउन अझै ७ करोड ७७ लाख रुपैयाँ अपुग हुन जान्छ। यसर्थमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३–४ प्रतिशतसम्म बोनस जारी गर्न सक्ने सम्भावना रहेको छ।

2240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका