जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंक र बीमा कम्पनीले एकैदिन तिरे ११ अर्ब कर 

बैंक र बीमा कम्पनीले एकैदिन तिरे ११ अर्ब कर 

बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले आज एकै दिन ११ अर्ब कर तिरेका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार आज शुक्रबार ११ अर्ब बढी कर उठेको जानकारी दिएका हुन् ।

उनका अनुसार कुन कम्पनीले कति कर तिर्यो भन्ने विस्तृत विवरण आउँन बाँकि छ। यद्यपि आज करिब ३० कम्पनीले कर तिरेको उनले बताए ।

सर्वोच्च अदालतले एफपीओको प्रिमियमको आयमा कर लाग्ने, मर्जर तथा प्राप्तिको आयमा कर लाग्ने फैसला गरे बमोजिम आज कम्पनीहरुले कर तिरेका हुन् । आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमाहरुले सर्वोच्चमा दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलाशले खारेज गरेको थियो । त्यसपछि कम्पनीहरुले आज ११ अर्ब कर तिरेका हुन् । 

मङ्सिर मसान्तसम्म कर तिरेमा करमा लाग्ने जरिवाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था छ । सोहि अनुसार शनिवार मङ्सिर ३० गते पनि सम्पूर्ण कर कार्यालयहरु, र राजस्व संकलन गर्ने काउन्टर खुला रहने छन् । 

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका