जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना

एभरेष्ट बैंकद्वारा पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना

एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ । यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जस्ले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदूषण नियन्त्रण गर्न मद्धत गर्नेछ ।

सो शवदाह गृह माननीय संस्कृति, पर्यटन तथा नागरिक उद्दयन मन्त्री योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिक्रित जि.के. नेगीद्वारा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई अन्य प्रमुख अतिथीहरुको उपस्थितिमा हस्तान्तरण गर्नु भएको थियो ।

एभरेष्ट बैंकले सधैं आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र यसको सी.एस.आर गतिविधिहरू अन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९८ शाखा संजाल, प्रादेशिक कार्यालय , १२ ८ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३० वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

5750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका