जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ८ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

८ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

 नियामक नेपाल राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । वाणिज्य बैंकहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको, कर्जा श्रोत परिचालन अनुपात कायम नगरेका भन्दै केन्द्रीय बैंकले ८ बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले तत्कालिन एनसीसी (कुमारी बैंक) बैंक, राष्ट्रिय वाणिज्य बैंक, तत्कालिन सेञ्चुरी (प्रभु) बैंक, नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । जसमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख जरिवाना गराएको छ ।

केन्द्रीय बैंकले तत्कालिन एनसीसी हालको कुमारी बैंकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुंदा निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै तत्कालीन कुमारी बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुंदा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले तत्कालिन एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम ५ लाख जरिवाना गराएको छ ।

राष्ट्र बैंकले तत्कालिन सञ्चुरी हालको प्रभु बैंकलाई कर्जा स्रोत परिचालन अनुपात नमिलाएको भन्दै २ करोड ८४ लाख ७३२ रुपैयाँ जरिवाना गराएको छ । बैंकले साउन र भदौमा कर्जा निक्षेप अनुपात कायम नगरेको उल्लेख छ ।

यस्तै कजाए श्रोत परिचालन नगरेको भन्दै नेपाल बैंकलाई १८ लाख ५९ हजार ७५२ रुपैयाँ जरिवाना गराएको छ । बैंकले साउनमा कर्जा निक्षेप अनुपात कायम नगरेको देखिएको छ । यस्तै साउन, भदौ र असोजमा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै नबिल बैंकलाई राष्ट्र बैंकले ६ करोड ४६ लाख ४६ हजार ३२ रुपैयाँ जरिवाना गराएको छ ।

ग्लोबल आइएमई बैंकले पनि भदौ र असोजमा कर्जा निक्षेप अनुपात नमिलाएको भन्दै राष्ट्र बैंकले ४ करोड ४२ लाख ४६ हजार ८३१ रुपैयाँ जरिवाना गराएको छ ।

भदौ महनिामा कर्जा निक्षेप अनुपात नमिलाएको भन्दै कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार ८३१ रुपैयाँ र हिमालयन बैंकले पनि भदौमा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै ७१ ७२ हजार ९५९ रुपैयाँ जरिवाना गराएको छ ।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका