नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । हिजो (आइतबार) नेप्से १२३.३४ अंकले घटेर कारोबार समय भन्दा ४५ मिनेट अघि नै बन्द भएको थियो ।
आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।