जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिटिजन लाइफले आईपीओ निष्काशन गर्ने

सिटिजन लाइफले आईपीओ निष्काशन गर्ने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशनबारे छलफल गर्न तेश्रो वार्षिक साधारण सभा   बस्ने भएको हो । कम्पनीले जारी गरेको सूचना अनुसार पौष २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे हुने भएको छ ।  सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्दैछ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रूपैयाँ रहेको छ । आईपीओ निष्कासन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

5720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका