जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सोमबारदेखि प्रभु लाइफको आईपीओ

सोमबारदेखि प्रभु लाइफको आईपीओ

प्रभु लाइफ इन्स्योरन्स कम्पनीले मंसिर २९ गते सोमवारदेखि आईपीओ विक्री खुला गर्दैछ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको कुल कित्तामध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।

सार्वजनिक निष्कासन मार्फत विक्रीमा आउने ५४ लाख कित्तामा मात्र अन्य सर्वसाधारणले आवेदन दिन सक्नेछन् । हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।

छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ । प्रभु लाइफको यो आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

यस कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ गते अनुमति पाएको हो । कम्पनीले गत असोज १४ गते उक्त आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । नयाँ बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २८ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस कम्पनीले रू. ३ करोड ९ लाख २४ हजार खुद नाफा गरेको छ ।

यो रकम गत वर्षको यस अवधिमा रू. १ करोड २२ लाख ९४ हजार थियो । नाफा बृद्धि गर्दै गएको यस कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म रू. २५ करोड ९७ लाख ९१ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ६१ लाख ६८ हजार कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीमा १ लाख २० हजार ४६९ बीमालेख कायम रहेको छ । यस वर्षको पहिलो त्रैमासमा मात्र कम्पनीले २२ हजार ५९४ बीमालेख कायम गरेको हो ।

यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. २३ करोड ९१ लाख ७९ हजार रहेको छ भने जीवन बीमा कोषमा रू. १ अर्ब १९ करोड ४९ लाख ८५ हजार रहेको छ ।

6100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका