जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्रियस्तरका विकास बैंकले महिना दिनमै बढाए ५ अर्ब ७७ करोड ऋण

राष्ट्रियस्तरका विकास बैंकले महिना दिनमै बढाए ५ अर्ब ७७ करोड ऋण

राष्ट्रियस्तरका विकास बैंकहरुले एक महिनामा निक्षेप १.२३ प्रतिशतले बढाएका छन्। असार मसान्तमा ४ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको ८ राष्ट्रियस्तरका विकास बैंकसँग साउनमा ५ अर्ब ५ करोड रुपैयाँले बढेर ४ खर्ब १५ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

निक्षेपसँगै ऋण पनि बढेको छ। ऋण बिस्तार १.६३ प्रतिशतले बढेको छ। डेभलपमेन्ट बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार, ऋण महिना दिनमा ५ अर्ब ७७ करोड रुपैयाँले बढेर ३ खर्ब ५९ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

संघको तथ्यांक अनुसार, दुई विकास बैंक गरिमा र ज्योतिको निक्षेप घटेको छ। ज्योतिको ऋण लगानी पनि घटेको छ। गरिमाको निक्षेप ९० करोडले घटेको छ भने ज्योतिको एक अर्ब ९९ करोड रुपैयाँले घटेको छ। ज्योतिको ऋण एक अर्ब २१ करोड रुपैयाँ घटेको छ।

क्षेत्री स्तरका विकास बैंकहरुले निक्षेप ५.०२ प्रतिशतले बढाएर ३२ अर्ब ४८ करोड पुर्याएका छन्। एक महिनामै निक्षेप एक अर्ब ५५ करोड रुपैयाँले बढाएका हुन्। 

ऋण बिस्तार भने ०.४८ प्रतिशतले मात्र बढेको छ। ऋण २७ अर्ब २३ करोड पुगेको छ। महिना दिनमा ऋण १२ करोड ८९ लाख रुपैयाँले बढेको हो।

क्षेत्रीय र राष्ट्रिय दुबै गरेर निक्षेप १.५ प्रतिशतले बढेर ४ खर्ब ४८ अर्ब पुगेको छ भने ऋण १.५५ प्रतिशतले बढेर ३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। कुल १८ विकास बैंक छन्। यो १५ बैंकको तथ्यांक हो। तीन वटाको संघले उपलब्ध गराएको छैन।

4240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका