जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका ग्राहकले मेडिप्लस हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले मेडिप्लस हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरा स्थीत मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसंग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेश कुमार थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिजा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

8320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका