जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मन्त्री सुनिता यादवले अनियमितता गरेको आशङ्कामा अख्तियारद्वारा छानबिन

मन्त्री सुनिता यादवले अनियमितता गरेको आशङ्कामा अख्तियारद्वारा छानबिन

मधेस प्रदेशका तत्कालीन उद्योग पर्यटन तथा वन मन्त्रालयमा माओवादी केन्द्रबाट मन्त्री बनेकी सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

गत आर्थिक वर्षमा मन्त्री यादव र अधिकृत लालबाबु यादवले शङ्कास्पद तारिकाले मधेस प्रदेशका जिल्लाहरूका लागि सार्वजनिक भएको रेडबुकमा भएको योजनाहरूको रकम नियम विपरीत रकमान्तर गरी रकम अनियमितता गरेको आशङ्कामा आयोगले त्यस बारेमा छानबिन गरी १५ दिनभित्र आयोगलाई प्रतिवेदन बुझाउन मन्त्रालयलाई साउन १४ गते पत्र पठाएको छ ।

गत आर्थिक वर्षको रेडबुकमार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रममा करिब ४२ करोड बराबरको योजना संशोधन गरी मन्त्री यादवले विभिन्न शीर्षकमा २६३ वटा नयाँ योजनामा नियमविपरीत रकमान्तर गराएको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको थियो ।

मन्त्रालयमा अनियमितता भएको भन्दै उजुरी परेपछि असार १० गते सम्बन्धित मन्त्रालयबाट छानबिन प्रतिवेदन माग गरी त्यसमा यथाशीघ्र छानबिन गर्ने भनी अख्तियारले निर्णय गरेको पत्र मन्त्रालयलाई पठाएको छ ।

मधेस सरकारले मन्त्रालयको नाम र मन्त्रालय हेरफेर गरेपछि अहिले वन तथा वातावरण मन्त्रालय छुट्टै रहेको छ । अहिले वन तथा वातावरण मन्त्री लोसपाका रमेशप्रसाद कुर्मी रहेका छन् । सुनिता यादव भने अहिले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी छन् ।

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?