जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एक महिनामा जीवन बीमा कम्पनीको नयाँ व्यवसाय २ अर्ब २९ करोड हुँदा कुनको कति ?

एक महिनामा जीवन बीमा कम्पनीको नयाँ व्यवसाय २ अर्ब २९ करोड हुँदा कुनको कति ?

माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्ब २९ करोड माथि प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकारणबाट प्राप्त तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले एक महिनामा मात्रै ४ लाख ४८ हजार ६६६ वटा बमिा शुल्क जारी गरी २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ नयाँ व्यवसाय गरेका हुन् । त्यस्तै, माघ महिनासम्ममा कम्पनीहरुले १ करोड ३७ लाख ७३ हजार ३१५ वटा बीमा शुल्क जारी गरी ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमा शुलक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यस अवधिमा कम्पनीले ५२ करोड ७६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले ३६ करोड ५७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले १८ करोड ६९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १५ करोड ९० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, एलआइसी नेपालले १५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफले १४ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले १४ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी मेट लाइफले ११ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले १० करोड ७६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १० करोड ३१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १० करोड १७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

आइएमई लाइफले ९ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका