जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघको पहिलो साता आउने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघको पहिलो साता आउने

नेपाली धितोपत्र बजारको सबैभन्दा ठूलो आईपीओ निष्काशन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघको पहिलो सातादेखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने भएको छ।

आईपीओ निष्काशनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले माघको पहिलो साता भित्र आईपीओ बिक्री खुला गर्ने तयारी भइरहेको बताएका हुन्। उनले म्युचुअल फण्डलाई कति कित्ता दिने? भन्ने निर्णय भई धितोपत्र बोर्डमा जानकारी गराइसकेको बताए। सो निर्णय बोर्डबाट स्वीकृत भएपश्चात पुस २१ वा २२ गते भित्र आह्वान पत्र प्रकाशित गर्ने तयारीमा रहेको मेरोलगानीलाई बताए।

धितोपत्र बोर्डबाट हालसम्मकै ठूलो आईपीओ निष्काशनको अनुमति पाएका कारण धेरै लगानीकर्ताहरुको चासो यस कम्पनीप्रति बढ्दो छ। बैंकले अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको यस बैंकले बोर्डबाट ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। आईपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनका लागि बैंकले क्रेडिट रेटिङ्ग पनि गराइसकेको छ। इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

3925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका