जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिद्धार्थ बैंकले पनि डाक्यो साधारणसभा, माघ १६ को एजीएममा मर्जर/प्राप्ति पनि एजेण्डा

सिद्धार्थ बैंकले पनि डाक्यो साधारणसभा, माघ १६ को एजीएममा मर्जर/प्राप्ति पनि एजेण्डा

सिद्धार्थ बैंकले माघ १६ गते बार्षिक साधारणसभा डाकेको छ। बैंकले १५ प्रतिशत लाभांसको प्रस्ताव साधारण सभामा लैजाँदैछ।

बैंकले १२ प्रतिशत बोनस सेयर दिएर पुँजी बढाउने छ भने ३ प्रतिशत नगद वितरण गर्ने छ। बैंकको अहिले चुक्ता पूँजी ९ अर्ब ७८ करोड रुपैयाँ छ। बोनस सेयरपछि पूँजी एक अर्ब १७ करोड रुपैयाँले बढ्ने छ।

अघिल्लो वर्षको नाफाबाट बैंकले २५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो। यद्यपि बैंकले हरेक वर्ष लाभांश वितरण गर्दै आएको छ। बैंकले न्यूनतम ८ र अधिकतम ४८.७५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ।

बैंकले गत वर्ष ८६ करोड ६४ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ४ करोड ८६ लाख रुपैयाँले ऋणात्मक छ।

बैंकको जगेडा कोषमा ५ अर्ब ६६ करोड रुपैयाँ छ। बैंकले मर्जर तथा प्राप्तिको एजेण्डा पनि राखेको छ।

6175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका