जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकले पनि डाक्यो साधारणसभा, माघ १६ को एजीएममा मर्जर/प्राप्ति पनि एजेण्डा

सिद्धार्थ बैंकले पनि डाक्यो साधारणसभा, माघ १६ को एजीएममा मर्जर/प्राप्ति पनि एजेण्डा

सिद्धार्थ बैंकले माघ १६ गते बार्षिक साधारणसभा डाकेको छ। बैंकले १५ प्रतिशत लाभांसको प्रस्ताव साधारण सभामा लैजाँदैछ।

बैंकले १२ प्रतिशत बोनस सेयर दिएर पुँजी बढाउने छ भने ३ प्रतिशत नगद वितरण गर्ने छ। बैंकको अहिले चुक्ता पूँजी ९ अर्ब ७८ करोड रुपैयाँ छ। बोनस सेयरपछि पूँजी एक अर्ब १७ करोड रुपैयाँले बढ्ने छ।

अघिल्लो वर्षको नाफाबाट बैंकले २५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो। यद्यपि बैंकले हरेक वर्ष लाभांश वितरण गर्दै आएको छ। बैंकले न्यूनतम ८ र अधिकतम ४८.७५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ।

बैंकले गत वर्ष ८६ करोड ६४ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ४ करोड ८६ लाख रुपैयाँले ऋणात्मक छ।

बैंकको जगेडा कोषमा ५ अर्ब ६६ करोड रुपैयाँ छ। बैंकले मर्जर तथा प्राप्तिको एजेण्डा पनि राखेको छ।

10480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?