जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भरतपुरमा रेणुले उछिनिन् सुवेदीलाई, काठमाडौंमा स्थापितलाई ८३ मतले पछि पार्दै बालेन शाह

भरतपुरमा रेणुले उछिनिन् सुवेदीलाई, काठमाडौंमा स्थापितलाई ८३ मतले पछि पार्दै बालेन शाह

भरतपुर महानगरपालिकामा ३५० मत गनिसक्दा गठबन्धनकी उम्मेदवार रेणु दहालले पहिलोपटक अग्रता लिएकी छिन्। 
नेकपा माओवादी केन्द्रीकी दाहालले नेकपा एमालेका विजय सुवेदीलाई ६ मतले पछि पारेकी हुन्। 

यस्तै, काठमाडौं महानगरपालिकामा अहिलेसम्म भएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रतालाई ८३ मतान्तरले फराकिलो बनाएका छन्।

काठमाडौं महानगरका ३२ वटा वडा मध्ये ४ वटा वडाको मतपेटिका खोलेर मतगणना भइरहँदा कुल १ हजार २८० मत गनेर सकिएको छ। यसमध्ये शाहले ४०२ मत पुर्‍याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहको त्यसको झन्डै आधा २०२ मत छ। 

नेकपा एमालेका केशव स्थापित ३१९ मतका साथ दोस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि ६४ मत प्राप्त गरेका छन्।

यसअघिको गणनामा शाहले ३१२ मत ल्याउँदा स्थापितको २५१ र सिंहको १७८ मत रहेको थियो। 

काठमाडौं महानगरको मेयर पदका लागि कुल ५५ जनाले उम्मेदवारी दिएका छन्। यीमध्ये ५० हाराहारी स्वतन्त्र उम्मेदवार हुन्। 

यस्तै, उपप्रमुखमा एमालेकी सुनिता डंगोलले अग्रता लिइरहेकी छिन्। उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन्।

3835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका