जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • माछापुच्छ्र्रे बैंक लि.र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच सम्झौता ।

माछापुच्छ्र्रे बैंक लि.र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच सम्झौता ।

माछापुच्छ्र्र् बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि का ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ«े बे.क लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लि को तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्र्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार माछापुच्छ्र्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रा.लि का देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्र्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

5375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका