जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको बीमा व्यवसाय २२ प्रतिशतले बढ्यो

राष्ट्रिय बीमा कम्पनीको बीमा व्यवसाय २२ प्रतिशतले बढ्यो

राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद दाबी भुक्तानीमा गिरावट देखिएको छ भने अधिकांश सुचकमा बृद्धि भएको देखिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ दशमलव ८७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १७ करोड ९५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ४६ करोड १२ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब २७ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव ९२ प्रतिहतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ९ लाख २० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामामा कम्पनीको खुद दाबी भुक्तानी घटेको हो ।

4535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका