जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक १७ औं वर्षमा प्रवेश, निक्षेप १ खर्ब ६२ अर्ब लगानी १ खर्ब ४३ अर्ब

सिटिजन्स बैंक १७ औं वर्षमा प्रवेश, निक्षेप १ खर्ब ६२ अर्ब लगानी १ खर्ब ४३ अर्ब

२० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १५ लाख ५५हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिव १ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा कर्जा तर्फ १ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ र यसै अवधिमा करिव रु १ अर्व २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।

बैंकले १६औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको बैंकले जानकारी दिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्त दान कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । साथै यसै अवसरमा कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ ।

शिविरमा करीब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ । बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति काम गर्ने संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेकोमा स्नो याक फाउन्डेशनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । कार्ड लेस क्यास विथड्रलसेवा वं केआइओएसके सेवामार्फत ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्टप्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोगबिनानै प्राप्तगर्न सक्ने सुविधा सञ्चालनमा ल्याइसकेको छ ।

नयाँ प्रविधिमा अब बैंकका ग्राहकले के.वाई.सी.अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्यगर्दै ई.के.वाई.सी सेवा समेत सञ्चालनमा ल्याईसकेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने साथै डिजिटल बैंकिङ्ग सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ ।

1925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?