जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मेगा बैंक नेपाल लिमिटेड कम्पनी विश्लेषण

मेगा बैंक नेपाल लिमिटेड कम्पनी विश्लेषण

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ३४५ पुगेको हो । गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ भने बोनस शेयर पनि नेप्सेमा सूचीकृत भइसकेको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ९७ करोड नाफा कमाएको छ । बैंकले अघिल्लो आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ४५ करोड नाफा कमाएको थियो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ३५ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा रु. १ अर्ब २९ करोड ७७ लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार बैंकले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी रु. १८ दशमलव १९ र मूल्य आम्दानी अनुपात रु. १७ दशमलव ६५ रहेको छ ।

7805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका