जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्राइम बैंकका सीइओ मानन्धरको तलब ७६ लाखले बढ्यो

प्राइम बैंकका सीइओ मानन्धरको तलब ७६ लाखले बढ्यो

प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको तलब एक वर्षमा ७६ लाख रुपैयाँले बढेको छ।

बैंकले गत पुस २९ गते गरेको साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार उनको तलब सुविधा एक करोड ८५ लाख रुपैयाँ पुगेको उल्लेख छ। अघिल्लो वर्ष उनले एक करोड नौ लाख रुपैयाँ बुझेका थिए।

TaTaयसपाली बुझेको तलब सुविधामा नाफाबाट पाउने बोनस जोडिएको छैन। योसमेत जोड्दा उनले वर्षभरीमा सवा दुई करोड रुपैयाँभन्दा बढी बुझेका छन्। उनी बैंक स्थापनादेखि प्रमुख कार्यकारी छन्। एउटै बैंकमा लामो सयमदेखि प्रमुख कार्यकारी हुने अहिले मानन्धर मात्र हुन्।

उनलाई राष्ट्र बैंकले उमेर हद लगाएर हटाउन खोजेको थियो। तर अदालतबाट मुद्दा लडेर उनी फेरि बैंक फर्किएका हुन्। राष्ट्र बैंकविरुद्ध मुद्दा हालेका कारण उनी राष्ट्र बैंकसँग सम्बन्धित कार्यक्रमहरुमा आफू जान छाडेका छन्। आफू मुन्तिरका कर्मचारीलाई पठाउँछन्।

मानन्धरले तलब मात्र ९६ लाख ९० हजार रुपैयाँ बुझेका छन् भने भत्ता ६४ लाख ६० हजार रुपैयाँ बुझेका छन्। उनले दसैं भत्ता १४ लाख रुपैयाँका साथै सञ्चय कोष सुविधा ९ लाख ६९ हजार लिएका छन्। यसबाहेक गाडी, मोबाइल र इन्धनको सुविधा उनलाई छ।

बैंकले गत वर्ष कुल कर्मचारी खर्च एक अर्ब ९ करोड रुपैयाँ गरेको थियो। सञ्चालन खर्च ५३ करोड २५ लाख रुपैयाँ गरेको थियो। बैंकको वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश पारित गरेको छ।

9225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?