जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एशियन लाइफद्धारा ३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

एशियन लाइफद्धारा ३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घर जुम्ला जिल्लाको सिँजा गाउँपालीका वडा नं २ चुलेलगाउँ घरमै पुगेर मृत्यू दावी भत्तानी हस्तान्तरण गरेको हो ।

गत कार्तिक २० गते जुम्ला शाखा अन्तर्गत सिँजा उपशाखा कार्यालयबाट ३ लाख रुपैयाँ बीमाङकको दम्पती सूरक्षा प्लस बीमा योजना खरीद गरेका मृतक लक्ष्मी अधिकारीको पति रामकृष्ण अधिकारीलाई ३ लाख पाँच सय छ रुपैयाको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

स्वर्गिय लक्ष्मी अधिकारीले प्रथम बीमा शुल्क बापत २२ हजार ९८५ रुपैया बुझाएका थिए ।

कार्यक्रममा जुम्ला शाखाका शाखा प्रबन्धक बीर बहादुर भण्डारी सोही वडाको जनप्रतिनिधि पूर्ण चन्द्र आचार्य,कम्पनीका सिनियर एजेन्सि मेनेजर मन बहादुर बुढा,दान बहादुर महरी,बिरेन्द्र बहादुर शाही,राम प्रसाद आचार्य,सिँजा उपशाखा प्रमुख बिस्न बहादुर बुढा लगायत चुलेलगाउँ निवासी समुदायको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरेको हो ।

5325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका