जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३२औं बार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेको छ।

सभाले कर प्रयोजनका लागि एक करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको नगद लाभांशसमेत पारित गरेकोछ ।

सञ्चालक समिति अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा भएको साधारणसभामा उनले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। उनले कुल बीमा शुल्क संकलन गत बर्षको तुलनामा करिव २५ प्रतिशतले बृद्धि भइर ८ अर्ब ५ करोड रुपैयाँ पुगेको बताइन्।

कम्पनीले ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। आर्थिक बर्ष २०७५/२०७६ को अन्त्यसम्ममा कम्पनीको कुल लगानी २८ प्रतिशतले बृद्धि भइर २६ अर्ब ८१ करोड रुपैयाँ पुगेको र बीमा कोष गत बर्षको तुलनामा २५ प्रतिशतले बढेर २६ अर्ब ९२ करोड पुगेको सिंहले जानकारी दिइन्। कम्पनीले २ अर्ब ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।

चालु बर्षको बोनससमेत गरेर कुल चुक्ता पुँजी ३ अर्ब ३९ करोड नाघेको छ। कम्पनीले २५ वटा नयाँ शाखा खोल्न स्वीकृति पाएर संख्या ९९ पुगेको छ

7035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका