जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनबी बैंकका डेपुटी सीइओ श्रेष्ठ र डीजीएम सलोनी सहित ६२ जनाले लिए भीआरएस !!

एनबी बैंकका डेपुटी सीइओ श्रेष्ठ र डीजीएम सलोनी सहित ६२ जनाले लिए भीआरएस !!

नेपाल बंगलादेश(एनबी) बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत सहित ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् ।

नबिल बैंकमा गाभिने भएपछि एनबी बैंकले स्वेच्छिक अवकासको योजना ल्याएको थियो । उच्च व्यवस्थापन तहमा कार्यरत २ जनाले मात्र स्वेच्छिक अवकास लिएका छन् ।

डेपुटी सीइओ सुरेन्द्र भुषण श्रेष्ठ र डीजीएम सलोनी सिंह भीआरएस लिएका छन् ।

श्रेष्ठ र सिंहले १८ महिनाको तलब सुविधा लिएका छन् । एनबी बैंकले एजीएमभन्दा माथिल्लो तहका कर्मचारीलाई १८ महिनाको तलब दिने भीआरएस योजना ल्याएको थियो ।

एनबी बैंकका कामू सीइओ भुपेन्द्र पाण्डे नबिल बैंकमा डेपुटी सीइओ हुनेछन् । अन्य उच्च व्यवस्थापन पदमा कार्यरत कर्मचारीको पद भने एक तह घटुवा हुने छ ।

एनबी बैंकले तल्लो तहमा कार्यरत मेसेन्जर तथा सवारी चालकको लागि ३० महिना तथा त्योभन्दा माथिल्लो तहका कर्मचारीलाई २४ महिनाको तलब दिने भीआरएस योजना ल्याएको थियो ।

एनबी बैंक नबिल बैंकमा एक्विजेशन हुन लागेको छ । सोमबारदेखि गाभिएर एकीकृत कारोबार हुन लागेको छ ।

4365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका