जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ४ बीमा कम्पनी सीइओ बिना सञ्चालमा बीमा समिति बेखबर

४ बीमा कम्पनी सीइओ बिना सञ्चालमा बीमा समिति बेखबर

४ बीमा कम्पनीले समयमै प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न सकेका छैनन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सिइओबिना बीमा कम्पनी संचालन हुन सक्ने परिकल्पना नै नगरेको भएपनि कम्पनीहरुले समयमै नियुक्ति नगरी कार्यवाहकलाई जिम्मा दिने गरेका छन् ।

समितिले जारी गरेको बिमकको सुशासन सम्बन्धि निर्देशिका २०७५ ले सबै बीमा कम्पनीमा सिइओ हुनुपर्ने परिकल्पना गरेको छ । तर, नेपाल लाइफ, सूर्या लाइफ, जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी सिइओ बिनै चलिरहेका छन् ।

नेपाल लाइफले यसअघिका सिइओ विबेक झा हटेपछि नयाँ सिइओ नियुक्त गरेको छैन । तत्कालिन डेपुटी सिइओ सन्तोष प्रसाईंलाई कार्यवाहक सिइओको जिम्मेवारी दिए पनि उनलाई नै सिइओको जिम्मेवारी दिने वा नयाँ सिइओ ल्याउनेतिर ध्यान कम दिएको देखिएको छ ।

अर्काे जीवन बीमा कम्पनी सूर्या लाइफले पनि सिइओ नियुक्त गरेको छैन । तत्कालिन सिइओ शिवनाथ पाण्डेले पदबाट राजीनामा दिएपछि डेपुटी सिइओ पवनकुमार खड्कालाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको छ ।

निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले महाप्रबन्धक एसके तमोट हटेपछि नयाँ सिइओ ल्याएको छैन । समितिले जारी गरेको सुशासन निर्देशिकाले महाप्रबन्धकलाई पनि सिइओको रुपमा स्वीकार गरेको छ । जनरल इन्स्यारेन्सले विनेस मास्केलाई कार्यवाहक महाप्रबन्धकको जिम्मेवारी दिएको छ ।

अर्काे निर्जीवन बीमा कम्पनी युनाइटेडले पनि सिइओ नियुक्त गरेको छैन । तत्कालिन सिइओ शेखर बराल हटेपछि कम्पनीले रमेश भट्टराईलाई कार्यबाहक दिएर २ वर्ष चलाएको थियो । भट्टराई हटेपछि पनि नयाँ सिइओ ल्याइएको छैन । कम्पनीले अहिले उपासना पौडेललाई कार्यवाहक सिइओ बनाएको छ ।

नियामक निकाय बीमा समितिले सिइओ नियुक्त नगरी कार्यवाहक वा कायममुकायमको भरमा कम्पनी चलाउनु सुशासनमाथिको प्रश्न भएको बताएको छ । कम्पनीहरुले सिइओ नियुक्त गर्नुपर्ने व्यवस्था भएपनि कार्यवाहक र कायममुकायमका भरमा लामो समयसम्म कम्पनी चलाउने परिपाटी देखिएको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए ।

‘सिइओ नियुक्त नगरी कार्यवाहक वा कायममुकायमका भरमा कम्पनी चलाउन खोज्नु आफैमा राम्रो अभ्यास होइन, कम्पनीहरुलाई हामीले यो विषय (सिइओ नियुक्त गर्नु भनेर) मा पटक पटक सचेत गराउँदै आएका पनि छौं, सिइओ नियुक्त नगरी कार्यवाहक वा कायममुकायमा भरमा कम्पनी चलाउन खोजियो भने हामीले ‘एक्सन’ लिनुपर्ने हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

7590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?