जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव १०.५ प्रतिशत

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव १०.५ प्रतिशत

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। इन्स्योरेन्स सञ्चालक समितिको सोमबारको बैठकले लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७७/७८ नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

समितिले उक्त आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पुँजी २ अर्बको १०.५२६ प्रतिशतले लाभांश बाँड्ने प्रस्ताव गरेको छ।

लाभांशमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने २० करोड बराबरको बोनस सेयर वितरण गर्ने निर्णय समितिको छ। यस्तै कर प्रयोजनका लागि ०.५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख बराबरको नगद लाभांश वितरण गरिने छ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेस गर्ने तयारी गरिरहेको छ। प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृति पाएपछि कम्पनीले आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेछ।

सभाबाट पारित भएपछि मात्र सो लाभांश लगानीकर्ताहरुमा वितरण गरिने छ।

4085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका