जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • स्रोत नखुलेको ३५ लाख नगदसहित तीन जना पक्राउ

स्रोत नखुलेको ३५ लाख नगदसहित तीन जना पक्राउ

स्रोत नखुलेको नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनुषा, रूपन्देही र पर्साबाट प्रहरीले तीन जनालाई ३५ लाख भन्दा बढी स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका १२ कुवाँबाट स्रोत नखुलेको नगद २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका २५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार समीलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बाईपासबाट स्रोत नखुलेको ६ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत घर भएका ५० वर्षीय बुद्दिराम बरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाक प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजश्वज अनुसन्धान कार्यालय वुटवल पठाइएको छ ।

त्यसैगरि, पर्साको वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत घर भएका  ३० वर्षीय बालकृष्ण कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट वीरगंजतर्फ आउँदै गरेको बिआर ०५ एजि ४२५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

2715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका