जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालद्धारा पद तथा गोपिनियता शपथ ग्रहण

गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालद्धारा पद तथा गोपिनियता शपथ ग्रहण

यस गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित हुनुभएका श्याम प्रसाद बस्यालले आज मिति २०७७ फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी बाट पद तथा गोपिनियता शपथ लिनुभएको छ ।

यस विकास बैंकको मिति २०७७ माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित हुनुभएको छ ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।

6345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका