जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघसंस्थालाई आवश्यक सामग्री सहयोग छ ।

बैंकको तुल्सिपुर शाखाले दाङको बेलझुन्डीमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेको छ । विश्वविद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकको लालबन्दी शाखाले राधाकृष्ण मन्दिर भागवतधाम धर्मशालाका लागि आवश्यक टेबल र कुर्सी सहयोग गरेको जनाएको छ ।

बैंकको मनहरी शाखाले श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई ट्राफिक सचेतना सम्बन्धित होडिङ बोर्ड उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राजमार्गबाट आवतजावत गर्ने हुँदा दुर्घटनाको जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले उक्त होडिङ बोर्ड विद्यालयलाई प्रदान गरेको बैंकले जनाएको छ ।

1410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका