जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघ बीच सहकार्य

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघ बीच सहकार्य

मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात् मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

कार्यक्रममा बोल्दै बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन। साथै महासंघकी अध्यक्ष बुढाथोकीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गर्न लागेको कुरा व्यक्त गरिन ।

उक्त सम्झौता पश्चात् बैंकले महासंघसँग आवद्द उद्यमी महिलाहरुलाई देशभरका शाखाहरुबाट प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने छ ।

6910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?