जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा यसो भने अध्यक्ष भुवन दाहालले

नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा यसो भने अध्यक्ष भुवन दाहालले

कोभिड–१९ को नकारात्मक प्रभावले गर्दा हामी सबै असहज स्थितिबाट गुज्रिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्रहरु हाल संचालनमा आएकाले आशाको संचार भएको छ । व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पूनरतालिकीकरण र पूनरसंरचनाको व्यवस्था आदिका कारण पनि हाम्रो अर्थतन्त्र चाँडै पुनरुत्थान हुन सक्छ भनेर हामी आशावादी छौं । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा झन्दै २०% बढि कर्जा प्रवाह हुनुले पनि यसको संकेत गर्दछ । यो सकारात्मक परिस्थिति निर्माणका लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक प्रति हामी सबै अनुगृहित हुनु पर्दछ ।

आफू बाचौं र अरुलाई पनि बचाउँ भन्ने मूल मन्त्रका साथ बैंकर तथा अन्य व्यवसायीहरु अहिले अघि बढ्नु पर्ने अवस्था छ । कोभिड–१९ का कारणले अति प्रभावित व्यवसाय तथा व्यक्तिहरुलाई कोभिड–१९का बावजुद पनि राम्रो गरेका व्यवसाय तथा व्यक्तिहरुले योगदान गर्न सक्छन् । यसका लागि नेपाल सरकारले करको दरमा आवश्यक परिमार्जन गर्न सक्दछ ।

पुस मसान्तमा बैंकहरुको पुनरसंरचना तथा पुनरतालिकिकरण गरेको कर्जा लगायत निष्किृय कर्जाको यथार्थ तस्वीर आउने नै छ । बैंकहरुको वित्तीय अवस्थामा दबाबका बावजुद बैंकहरुको पूँजी कोषको अवस्था न्यूनतम ८.५% भन्दा धेरै माथि रहेकाले निक्षेपकर्ताहरुले असुरक्षित ठान्नु पर्ने अवस्था छैन । हाल निक्षेप तथा कर्जाको बृद्घि दर सन्तोषजनक छ । वाणिज्य बैंकहरु गाँउ गाँउमा आधुनिक बैंकिङ्ग सुविधा प्रदान गरिरहेका छन् ।

नेपालमा मोबाइल÷इन्टरनेट तथा अन्य प्रविधिको प्रभावकारी विस्तारले गर्दा बैंकहरुलाई द्यचष्अप बैंकिङ्गबाट ऋष्अिप बैंकिङ्गमा फड्को मार्न सहज हुने देखिन्छ । बैंकहरु यस दिशा तर्फ लागि पनि रहेका छन् । जति चाँडो हामी  डिजिटल च्यानलको विस्तार गर्न सक्छौं, त्यति नै चाँडो सबै खाले ग्राहक वर्गमा सहजता आइ हाम्रो अर्थतन्त्रको विस्तारमा पनि सहयोग पुग्दछ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने ख्ष्कष्यल अनुरुप हामी राष्ट्र बैंकको मार्गदर्शन अनुसार यस कामलाई अगाडि बढाउने छौं ।

हाल बजारमा कायम अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती थपेको छ । यो विषयलाई संवोधन गर्न हामी प्रयासरत छौं । नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट पनि प्रयास भइरहेको छ । यस सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट थप सहयोगको अपेक्षा गरेका छौं ।

बैकिङ्ग कसुर तथा सजाय ऐन अन्तरगत घट्नाको अनुसन्धान तथा अभियोजन गर्ने हालको प्रणालीमा असल नियतले आफ्नो काम गरी समाजमा राम्रा र इमान्दार बैंकरको छबी आर्जन गरेका बैंकरहरुले पनि दुःख पाउने अवस्था आउँदा बंैंकिङ्ग क्षेत्रमा निराशाको अवस्था थियो। यस वर्षको मौदि«क नीति मार्फत् सो ऐनमा आवश्यक संशोधनको प्रस्ताव गर्ने भनी उल्लेख भएकाले इमान्दार बैंकरहरुमा निर्धक्क काम गर्ने आशा पलाएको छ । यस कार्यका लागि श्रीमान् गर्भनरज्यू तथा नेपाल राष्ट्र बैंक परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु र यो संशोधनको प्रक्रिया चाँडै अगाडी बढाईदिनुहुन विनम्र आग्रह गर्दछु ।

नेपाल राष्ट्र बैंकको अभिभावकत्व तथा मार्गदर्शनमा बैंकिङ्ग क्षेत्रलाई थप पारदर्शी, व्यवसायिक तथा आधुनिक बनाउन हामी प्रतिबद्घ छौं ।
आफ्नो अति व्यस्त कार्यतालिकाका वावजुद यस कार्यक्रममा उपस्थित भई हामीलाई मार्गदर्शन प्रदान गर्नु भएकोमा श्रीमान् गभर्नरज्यूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । श्रीमान् गभर्नरज्यूको सम्बोधनबाट हामीलाई थप प्रोत्साहन, उत्साह र प्रेरणा मिलेको छ ।

आज सम्मानित हुनुहुने पूर्व गर्भनर तथा नेपालको पहिलो विदेशी लगानीको बैंक नबिल बैंकका पूर्व अध्यक्ष श्रद्घेय सत्येन्द्रप्यारा श्रेष्ठज्यूप्रति यस कार्यक्रमलाई संवोधन गरी हामीलाई प्रेरणा प्रदान गर्नु भएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । त्यसैगरी यस कार्यक्रमलाई संवोधन गरी हामीलाई प्रेरणा दिनुहुने बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष श्री पवनकुमार गोल्याणज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, विभिन्न निकाय तथा संघ÷संस्थाहरुबाट यस कार्यक्रममा सरिक हुनु भएका आदरणीय अतिथिज्यूहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । बैंक तथा वित्तीय संस्थाका अध्यक्षज्यूहरु, प्रमुख कार्यकारी अधिकृतज्यूहरु लगायतका बैंकर साथीहरु तथा पत्रकार मित्रहरुलाई समेत यस कार्यक्रममा सहभागी भई हाम्रो उत्साह बढाईदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

4625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका