जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पछिल्लो पुस्ताका सेञ्चुरी र सिभिल बैंकको लोभ लाग्दो प्रगति: ठूला बैंकलाई चुनौती, सञ्चालन मुनाफामा पनि छलाङ्ग !

पछिल्लो पुस्ताका सेञ्चुरी र सिभिल बैंकको लोभ लाग्दो प्रगति: ठूला बैंकलाई चुनौती, सञ्चालन मुनाफामा पनि छलाङ्ग !

नेपालका पछिल्लो पुस्ताका ८ अर्ब भन्दा बढि चुक्ता पुजी भएका, सधै प्रगति गर्न असफल भनिएका सेञ्चुरी कर्मशियल बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक हेर्दा लोभलाग्दो मात्रै देखिदैन ठूला भनिएका वाणिज्य बैंकहरुलाई चुनौती समेत बनेको छ भन्दा अब चाहि फरक पर्दैन । लामो बैंकिङ्ग अनुभव भएका दक्ष एवं अनुभवी बैंकर सुनिल पोखरेल सिभिल बैंकको सीइओ भएपछि बैंकले एकपछि अर्को गर्दै नाफा र बैकिङ्ग सुचाङ्कहरुमा छलाङ्ग नै मारेको भेटिएको छ । सिभिल बैंकले चैत्र मसान्तसम्ममा सञ्चालन मुनाफा १ अर्ब ३० करोड ३८ लाख भन्दा बढि आर्जन गरेको भेटिएको छ भन्दा अब फरक पर्दैन ।

अर्को सेञ्चुरी कर्मशियल बैंक लिमिटेडले पनि चैत्र मसान्त सम्ममा नाफामा छलाङ्ग नै मारेको छ । सेञ्चुरी बैंक अर्बपति क्लबमा पुगेको यो पहिलो पटक हो भन्दा अब फरक पर्दैन । युवा बैंकर मनोज न्यौपाने सेञ्चुरी बैंकको सीइओ बनेका छन् । यस अगाडी उनी का.मु. सीइओ थिए । उनीकै कारण बैंकले चैत्र मसान्तसम्म रिजल्र्ट लोभ लाग्दो मात्रै निकालेनन् ठूला भनिएका बैंकलाई चुनौती दिने आँट पनि गरेका छन् भन्दा अब फरक पर्दैन । चैत्र मसान्तसम्म सेञ्चुरी कर्मशियल बैंक लिमिटेडले सञ्चालन नाफा १ अर्ब ४७ करोड ९१ लाख भन्दा बढि आर्जन गरेको भेटिएको छ भन्दा फरक पर्दैन । २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कान्छा बैंक हुन् सिभिल र सेञ्चुरी बैंक । तर पछिल्लो पुस्तका बैंक भए पनि वित्तीय सूचकांकहरुमा भने यी राम्रा बैंकमा देखिएका छन् । भन्दा फरक पर्दैन ।

पुँजी
सेञ्चुरी बैंकको चुक्ता पुँँजी सिभिलको भन्दा बढी छ । सेञ्चुरी बैंकको चुक्त पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ छ भने सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ छ ।

जगेडा कोष
कुनै पनि बैंक कति बलियो छ भन्ने थाहा पाउने कैयन सूचकांकमध्येको एउटा जगेडा कोष पनि हो । सिभिल बैंकको जगेडा कोषमा १ अर्ब ५५ करोड ६३ लाख ४७ हजार रुपैयाँ छ भने सेञ्चुरी बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

निक्षेप संकलन
चालु आवको चैत मसान्तसम्म सेञ्चुरी बैंकले ९० अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यसैगरी सिभिल बैंकले ९० अर्ब ७्र० करोड ४० लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जा प्रवाह
समीक्षा अवधिसम्ममा सेञ्चुरी बैंकले ८७ अर्ब २ करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सिभिल बैंकको कर्जा प्रवाह ८३ अर्ब ९३ करोड ६१ लाख ७२ हजार रुपैयाँ छ ।
दचालु आवको चैत मसान्तसम्ममा सेञ्चुरी बैंकको खुद ब्याज आम्दानी २ अर्ब १४ करोड १६ लाख ८ हजार रुपैयाँ छ भने सिभिल बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड ५२ लाख ८७ हजार रुपैया छ ।

सञ्चालन मुनाफा
सञ्चालन मुनाफामा सिभिल बैंकको तुलनामा सेञ्चुरी बैंक अगाडि छ । सेञ्चुरी बैंकले चैत मसान्तसम्म १ अर्ब ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ भने सिभिल बैंकले १ अर्ब ३० करोड ३८ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ ।

वितरणयोग्य नाफा
वितरणयोग्य नाफामा पनि सेञ्चुरी बैंक नै अगाडि छ । सेञ्चुरी बैंकको वितरणयोग्य नाफा ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ छ भने सिभिल बैंकको ४३ करोड ६८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी
सेञ्चुरी बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा रहेको छ भने सिभिल बैंकको को १३ रुपैयाँ २८ पैसा छ ।

प्रतिसेयर नेटवर्थ
प्रतिसेयर नेटवर्थमा सेञ्चुरीको तुलनामा सिभिल बैंक अगाडि छ । सेञ्चुरी बैंको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने सिभिल बैंकको १३ रुपैयाँ २८ पैसा रहेको छ ।

खराब कर्जा
सेचुरी बैंकको खराब कर्जा १.६० प्रतिशत छ भने सिभिल बैंकको ०.९९ प्रतिशत रहेको छ ।

प्रतिसेयर कित्ता
बुधबारसम्मको तथ्यांकका आधारमा यी दुबै बैंकको सेयर मूल्यमा १ रुपैयाँको मात्रै फरक छ । सेञ्चुरी बैंकको सेयर मूल्य प्र्रतिकित्ता २१४ रुपैयाँ रहेको छ भने सिभिलको २१३ रुपैयाँ रहेको छ ।

लाभांश
सेञ्चुरी बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई ५.७९ प्रतिशत लाभांश दिएको छ भने सिभिलले ५.२६ प्रतिशत लाभांश दिएको छ भन्दा फरक पर्दैन ।

3250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका