जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको नयाँ शाखा दमौलीमा

एभरेष्ट बैंकको नयाँ शाखा दमौलीमा

एभरेष्ट बैंक लिमिटेडले दमौलीमा आफ्नो १०३ औं शाखाको शुक्रबार उद्घाटन गरेको छ । ब्यास नगरपालिकाका मेयर  बैकुण्ठ न्यौपाने,  बैंकको गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रुपमा दमौली, तनहु शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकले कन्ट्याकलेस पेमेन्टलाई प्रबद्र्घन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्युआर कोड पनि हस्तान्तरण गरिएको छ ।

बैंकका हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, प्रादेशिक कार्यालय, १३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

3475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका