जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पालिका

खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पालिका

खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ।

हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो। वित्तिय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिविधि आत्मनिर्भरताको लागि बैंक खातामार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको थियो।

शुक्रबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच उक्त घोषणा गरिएको हो। २०७६ सालको नयाँ वर्षमा सरकारले ‘समृद्धिसँग जोडौं नाता, सबै नेपाली बैंक खाता’ नारा सहित ‘खोलौ बैंक खाता अभियान’ घोषणा गरेको थियो।

जम्मा ३,२३४ घरधुरीका २२,१३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अबधिमा बैंकले उक्त अभियान अन्तर्गत ९,४७६ खाता सञ्चालनमा ल्याएको थियो।

खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले विधिवत रुपमा गाउँपालिकालाई नेपालकै पहिलो ‘एक घर एक बैंक खाता’ नमूना गाउँपालिका घोषण गर्दै। तस्बिरः सेतोपाटी

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक सुदूर पश्चिम प्रादेशिक कार्यालयका निर्देशक शुभाषचन्द्र घिमिरेले बैंक तथा वित्तिय संस्थाको सहभागितामा मात्र आर्थिक गतिविधि सहज हुने तथा विकासका कार्यक्रमले गति लिने बताए।

उनले यस क्षेत्रको बैंकिङ सचेतनाको स्तर निकै उच्च रहेको आफूले महसुश गरेको उल्लेख गर्दै अभियान सञ्चालनमा सहभागी सबैलाई धन्यबाद दिए। उनले यस किसिमको काम नेपालकै वित्तिय साक्षरता अभियानको लागि नमूना भएको बताए।

कार्यक्रममा बोल्दै बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले छोटो समयमै सम्पन्न भएको यस खालको कार्यक्रमले गाउँपालिकाको बित्तिय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि नारालाई बास्तविकतामा परिणत गर्ने बताए।

अभियानबारे प्रतिक्रिया दिँदै स्थानीय सुर्जादेवी रावतले हिमालयन बैंकले सञ्चालन गरेको अभियानले गाउँपालिकालाई नै नमूना पालिकाको रुपमा चिनाएको तथा स्थानीयहरुलाई बैंकिङ सचेतना र सेवामा उल्लेख्य बृद्धि गरेको बताइन्।

स्थानीय व्यवसायी लालबहादुर रावतले हिमालयन बैंकको शाखा स्थापनाले जिल्ला सदरमुकाम मार्तडी तथा धनगढीबाट लिइ रहेको आधुनिक बैंकिङ सेवाहरु आफ्नै घरदैलोमा आएको र स्थानीयको जिवनस्तरमा सकरात्मक सुधार भैरहेको बताए।

उनले चर्को व्याजदरमा साहु महाजनहरुबाट हुने गरेको कर्जा कारोबार सहुलियत व्याज दरमा क वर्गको बैंक मार्फत घरदैलोमै उपलब्ध भएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नरबहादुर रावतले नेपालमा बैंकिङ सेवाको सुरुवात भएको ८६ वर्ष पछि मानव विकास सुचकांकको अन्तिम स्थानमा रहेको जिल्लाको स्थानीय निकायले नै वित्तिय साक्षरता अभियानमा नमूनाको रुपमा उदाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा बाजुराका सबै सुरक्षा निकायका प्रमुखहरु, स्थानीय ३१ सार्बजनिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधी, सर्वसाधारणलगायत करिब ५ हजारको उपस्थिति थियो।

यसैबीच खप्तड छेडेदह गाउँपालिकाका सामुदायिक विद्यालयलाई हिमालयन बैंकले शैक्षिक सामाग्री वितरण गरेको छ।

बैंक संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकामा सञ्चालित ३१ वटा विद्यालयलाई उक्त सामाग्रीहरु वितरण गरेको हो।

बाजुरा जिल्लाको छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप विद्यालयहरुलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले बताए।

7890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका