जोडिनुहोस
शुक्रबार, अशोज १२, २०८०
शुक्रबार, अशोज १२, २०८०

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रद ट्रेडिङ्ग बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रद ट्रेडिङ्ग बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका वडा नÞं १४, नैकापमा कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रा लि बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्राÞ लि का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालज्यूले हस्ताक्षर गर्नुु भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ख प्राÞ लि बाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ ।

भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैकको स्टल न E20 बाट थप जानकारी पाउन सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।
गरिने यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका