जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको दोस्रो बजारमा कारोबार फुकुवा

राष्ट्रिय बीमा कम्पनीको दोस्रो बजारमा कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो बजारको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आवश्यक कागजपत्र नबुझाएको र तथ्यांक अध्यावधिक नगरेको भन्दै दोस्रो बजारको कारोबार रोक्का गरेको थियो ।

नेप्सेले गत माघ १८ गते दोस्रो बजारको कारोबार रोक्का गरेको थियो ।

तर हाल कम्पनीले २०७५/७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेवसाइटमा लगानीकर्ता र सरोकारवाला निकायले अध्ययन गर्न सक्ने गरी पठाउने प्रतिबद्धता गरेकाले कारोबार फुकुवा गरिएको नेप्सेले बताएको छ ।

8605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका