जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकले भिडियो कलबाटै ग्राहकहरुको खाता खोलिदिने

एनएमबि बैंकले भिडियो कलबाटै ग्राहकहरुको खाता खोलिदिने

एनएमबि बैंकले आर्टिफिसियल इन्टलिजेन्स ‘एआई’ मा आधारित भिडियो केवाइसी प्रविधि प्रयोग गरी ग्राहकहरुको खाता खोलिदिने भएको छ।

पत्रकार सम्मेलन आयोजना गर्दै बैंकले एक भिडियो कलबाटै पाँच मिनेटमा देश वा विदेशमै बसेर खाता खोल्न सकिने जनाएको छ।

एनएमबि बैंकले नेपालको बैंकिङ जगतमा सुरुदेखि अन्त्यसम्म पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया कार्यान्वयन गर्ने पहिलो बैंक भएको दाबी गरेको छ।

ग्राहकहरुले एनएमबिमा भिडियो कल गरेर नयाँ खाता खोल्न केवाइसी विवरणहरु अपडेट एवम् पूरा गर्न सक्ने बैंकले जनाएको छ ।

‘एनएमबिले ग्राहकहरुका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुआत गर्दैछ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोग परिधि भन्दा माथि उठेर बैंकसम्म नपुगेरै बैंकिङ सेवा लिन सक्छन्। यसले बैंकिङ कारोबारलाई सहज बनाउनेदेखि सबै प्रकारका म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शी, त्रुटिरहित र कागजविहिन बनाउँदै लैजाने छ,’ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

सोही कार्यक्रममा अभिनेता पल शाहलाई एनएमबि बैंकले आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गरेको ‍‍‍औपचारिक जानकारी गराएको छ।

4555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका