जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • फुडमान्डुबाट खरिद गरी आईएमई पेबाट भुक्तानी गर्दा २५ प्रतिशत क्यास ब्याक पाइने

फुडमान्डुबाट खरिद गरी आईएमई पेबाट भुक्तानी गर्दा २५ प्रतिशत क्यास ब्याक पाइने

आईएमई ग्रुपद्वारा सञ्‍चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे‘ र फुडमान्डुबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् । फूडमाण्डु र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि आइएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा शुरु गरिएको हो ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले  फूडमाण्डुमा ‘आइएमई पे’ को भुक्तानी सेवासँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी  सेवाग्राहीहरुले अधिकतम फाइदा लिन सक्ने बताए । सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी विद्युतीय भुक्तानी गरी खाना अर्डर गर्न सक्नेछन् ।

13525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?