जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२
  • होमपेज
  • पोखरामा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम बारेको

पोखरामा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम बारेको

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पुर्ण कार्यालय प्रमुखहरुको  उपस्थिति रहेको थियो।

कर्मचारीहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ ले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिनु भएको थियो । तालिममा २२ जना प्रमुखहरुको सहभागिता रहेको थियो।

भोली संचालन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु बारेमा तालिम संचालन हुनेछ । भोलीको तालिममा अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ।

कम्पनीले २०७८ आषाढ मसान्त भित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।

9220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका