जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • आन्दोलन गरेर ऋण मिनाह हुन्छ भन्ने नसोच्नुस्ः भगवती चौधरी

आन्दोलन गरेर ऋण मिनाह हुन्छ भन्ने नसोच्नुस्ः भगवती चौधरी

प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले बैंकवित्त तथा लघुवित्तमा देखिएका समस्या समाधानका लागि राज्यपक्षबाट गर्न सकिने पहलहरू गर्न आफू तयार रहेको बताएकी छन् । मिडिया इन्टरनेशनले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ विषयक अन्तरक्रियामा बोल्दै उनले भनिन्, ‘ठूला राजनीतिक दलका नेताहरूलाई समेत वित्तीय साक्षरता पुगेको छैन जस्तो लाग्छ । त्यसले निम्त्याउने समस्या बैंक तथा वित्तीय क्षेत्रमै हो ।’

संस्थाहरू बच्नुपर्ने र गरिब विपन्नको अवस्थामा हिजोको भन्दा धेरै सुधार आएको उनले बताइन् । ‘लघुवित्तले पहिले मिटर ब्याजीलाई समेत नियन्त्रण गरेको थियो तर अहिले मिटर ब्याजीलाई समेत समस्या ल्यायो । अहिले क्लोजनेश छैन । सानो समय, सानो ऋण सानो किस्ता भन्ने अवधारणाले लघुवित्तको विकास भएको हो,’ उनले भनिन् ‘तर अहिले ऋणीको अवस्था नहेर्दा र संस्थाको व्यवसायमा राष्ट्र बैंक उदार हुँदा अलि समस्या ल्यायो ।’

ग्रास रूटमा काम गर्ने संस्थाहरूलाई ऋण तिर्न नसक्नेको डेटा ल्याउनुस् र सोही अनुसार सीएसआर अन्तर्गत केही गर्न सकिन्छ भन्ने विषय उठाउन सकिने उनको भनाइ छ । यसको लागि छुट्टै नियमनकारी निकाय पनि आवश्यक रहेको उनले बताइन् । उच्च ब्याजदरले अनुत्पादक क्षेत्रमा जाने लगानी रोके पनि उद्योगी र उद्यम गर्नेहरूका लागि सहज नभएको उनको भनाइ छ । आन्दोलनमा सहभागी भएर ऋण मिनाहा हुन्छ भन्ने सोचाइमा नरहन उनले आग्रह गरिन् ।

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका