जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वर्णिममाथि दुई महामन्त्रीको संयुक्त प्रहार: योजना आयोगको उपाध्यक्ष कसले बनाएको?

स्वर्णिममाथि दुई महामन्त्रीको संयुक्त प्रहार: योजना आयोगको उपाध्यक्ष कसले बनाएको?

नेपाली कांग्रेसमाथि विभिन्न आरोप लगाउँदै चार दिनअघि  राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका स्वर्णिम वाग्लेमाथि कांग्रेसका दुई महामन्त्रीले एकैसाथ प्रहार गरेका छन्। दुई महामन्त्रीमध्ये गगन थापा सोमबार स्वर्णिम उम्मेदवार बनेकै क्षेत्रमा पुगे। पार्टीका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन त्यस क्षेत्रमा खटिएका गगनले स्वर्णिम अधैर्य भएको आरोप लगाए।

‘यसपटक चुनावमा जाँदा सँगसँगै एउटा गीत बजेको सुन्नुहुनेछ। पुराना पार्टी खराब भए भनेर। नो नट अगेन भनेर। पहिलो पटक २० सिट ल्याएर आएको हामीले हेर्‍यौ,’ गगनले प्रश्न गरे, ‘हामी पनि एउटा सपना लिएर राजनीतिमा आएका छौ। हामीलाई पनि पार्टी बदल्न चाहना छ। नेपाली कांग्रेसभित्र जे भइरहेको छ त्यो सबै त ठीक भइरहेको छैन। तर नेपाली कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर झ्याल फुटाएर कांग्रेस बदलिन्छ?’

कांग्रेस बदल्न पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्नेमा स्वर्णिमले गल्ती गरेको धारणासमेत उनको थियो। ‘कांग्रेस बदल्न त्यही भित्र बसेर संघर्ष गर्नुपर्छ। यो संघर्ष हाम्ले पनि गर्ने हो,’ गगनले भने।

स्वर्णिम पाहुना उम्मेदवार भएको उल्लेख गर्दै गगनले गोविन्दलाई जिताएर पठाउन तनहुँवासीलाई आग्रह गरे। ‘मेरा बाको उमेर भएको सभापतिसँग संसदीय दलको चुनाव भिडेर आएको। ससुराबासँग महामन्त्रीमा भिडेर आएको। त्यसैले भट्टराईलाई जिताएर पठाउनुस्। घुम्दै घुम्दै आएको टुरिस्ट उम्मेदवारलाई तपाईहरुले भन्न सक्नुपर्छ। हामी पनि लडिरहेका छौ। पार्टीभित्र संघर्ष हुन्छ भनेर। त्यो संकल्पमा साथ दिने कोही छ भने त्यो गोविन्द भट्टराई हो। हामीले पार्टीभित्रै संघर्ष गरेका छौ,’ महामन्त्री थापाले भने।

यता चितवन पुगेर अर्का महामन्त्री विश्वप्रकाश शर्माले वाग्लेलाई सुसंस्कृत बन्न सुझाए। वाग्लेले पालो नपर्खी पार्टी छाडेको आरोपसमेत लगाए उनले। सोमबार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले वाग्लेमाथि उक्त आरोप लगाएका हुन्।

कांग्रेसले कविता सुनाउने क्षमता देखेर मञ्च दिँदा नाच्छु भन्दै अघि बढेकोले अहिले प्रश्न गरेर बाहिरिएको दाबी गरे। ‘मित्रहरुले भर्खरै कांग्रेस छाडेकोलाई उम्मेदवार बनाउनुभएको छ रे गोविन्द भट्टराईको क्षेत्रमा,’ शर्माले भने, ‘कविता सुनाउने क्षमता छ रे भनेर कांग्रेसले मञ्च दियो। कांग्रेसले उहाँ गीत गाउन सक्नुहुन्छ भन्दै गर्दा गीत गाउनका लागि पनि मञ्च पनि दियो। अनि नाच्न पनि आउँछ भन्दा विस्तारै पालो आउँछ भन्दा उहाँले कांग्रेसमाथि नै प्रश्न गरेर जानुभयो। कति सुसंस्कृत ढंगले राजनीति गर्नुभयो उहाँले?

शर्माले पार्टी सभापति शेरबहादुर देउवाको बचाउ गर्दै देउवाले नै वाग्लेलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको बताए। ‘शेरबहादुर देउवाको आलोचना गर्न पाइन्छ। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष अस्ति भर्खर कांग्रेसले बनाउँदै गर्दा अवसर दिएन कांग्रेसले भन्दै गर्दा मित्रले के बिर्सनुहुन्न भने उनै शेरबहादुर देउवाले नियुक्त गरेका हुन्,’ शर्माले भने, ‘कसैको बौद्धिकतामाथि प्रश्न गर्न मिल्दैन। हामीकहाँ हुन्जेल बौद्धिक हामीलाई छाड्ने वित्तिकै अबौद्धिक भन्दिन म। तर जनताको वीचमा जान संयम अपनाउन पर्छ। तनहुँमा गोविन्द भट्टराई त्यहाँको माटोले चिनेको माटो हो।’

1170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका