जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एनआईसी एशियाद्वारा धरान उपमहानगरपालिकाको सब्जीमण्डीमा क्युआर कोड वितरण

एनआईसी एशियाद्वारा धरान उपमहानगरपालिकाको सब्जीमण्डीमा क्युआर कोड वितरण

एन आई सी एशिया बैंक @N ले धरान उपमहानगरपालिकामा अवस्थित सब्जीमण्डीका पसलहरूलाई क्युआर कोड वितरण गरेको छ। बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड वितरण गरेको हो।

उक्त क्युआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र यस बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरे।

बैंककाअनुसार मोबाइल बैंकिङ्ग, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकले मोबाइल बैंकिङ्ग एप÷वालेट मार्फत बैंकले उपलब्ध गराएको क्युआर  कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सक्नेछन।  उक्त रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।

निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत क्युआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई दु्रत गतिमा अगाडी लैजानका लागि आवश्यक योजना अगाडी सारेको  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जनाएका छन्।

8285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका